मार्चमा चीन भ्रमणमा जाँदै ट्रम्प

कोभिड-१९ महामारी पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हुनेछ । कोभिडलाई ट्रम्पले 'चिनियाँ भाइरस' भनेर आरोप लगाएका थिए ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Trump to visit China in March

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा जाने भएका छन् । ९ वर्षको अन्तरालमा अमेरिकी राष्ट्रपति चीन भ्रमणमा जान लागेका हुन् ।

यसअघि सन् २०१७ मा ट्रम्प आफ्नो पहिलो कार्यकालमा चीन गएका थिए । शुक्रबार ह्वाइट हाउसका एक अधिकारीले पु ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङलबीच पछिल्ला महिनाहरूमा निकै उत्कृष्ट र राम्रो सञ्चार भइरहेको बताए । 

राष्ट्रपति ट्रम्प पनि भ्रमणमा विषयमा निकै उत्साहित देखिएका छन् । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार विश्वभरका देशहरूमाथि कर लगाउने राष्ट्रपति ट्रम्पको निर्णय खारज गरिदिएको छ । त्यसको केही समयअघि मात्रै ट्रम्प चीन जाने मिति तय भएको थियो । 

बेइजिङमा भन्सार महसुल कम गर्ने विषय चीन र अमेरिरकाबीचको प्रमुख एजेन्डा हुनेछ । पछिल्लो प६क अमेरिकाले आफ्नो स्वार्थ नमान्‍ने देशहरूलाई प्रभावमा राख्‍न व्यापार युद्धको धम्की दिदैं आएको छ । 

यस्तो धम्कीको कडा प्रतिवाद चीनले गरिरहेको छ । दुई देशबिच यस विषयमा पनि खुलेर छलफल हुने अपेक्षा गरिएको छ । 

हालैका महिनाहरूमा पश्‍चिमा गठबन्धनका धेरै नेताहरूले बेइजिङ भ्रमण गरिसकेका छन् । केहीअघिमात्रै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी बेइजिङ आएका थिए । कार्नीले आफ्नो भ्रमणको क्रममा नयाँ व्यापार सम्झौताहरू गरेका थिए । त्यस्तै,  चीनमा बनेका कारहरूमाथि क्यानडामा यसअघि लगाइएको प्रतिबन्ध हटाउने प्रतिवद्धता जनाएका थिए । 

कोभिड-१९ महामारी पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हुनेछ । कोभिडलाई ट्रम्पले 'चिनियाँ भाइरस' भनेर आरोप लगाएका थिए । जसले दुई देशबीचको सम्बन्धलाई अझै धेरै बिगार्‍यो । यस महामारीमा अमेरिकामा १० लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो । तत्कालीन समय ट्रम्प प्रशासनले महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेको आरोप पनि लाग्यो । सन् २०२० मा उनी निर्वाचनमा जो बाइडेनसँग पराजित भए । तर, सन् २०२४ मा सम्पन्‍न निर्वाचनबाट दोस्रो कार्यकाल राष्ट्रपतिमा विजयी भए । 

कोभिड महामारीलाई नियन्त्रणमा राख्‍न चीनले निकै ठूलो कडाई गरेको थियो । उसले बाहिरी विश्‍वसँग आफुलाई टाढा राख्‍न चाह्यो । मार्च २०२० मा अन्तर्राष्ट्रिय पर्यटकका लागि बन्द भएको सीमाना जनवरी २०२३ मा आएर मात्रै खुला भयो । कोभिड महामारी नियन्त्रणपछि चीनले फेरि आफ्नो अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र कुटनीतिलाई प्राथमिकतामा राखेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully