शुक्रबार पनि एन्ड्रयू धेरै वर्षदेखि बस्दै आएको रोयल लजमा प्रहरीका भ्यानहरु आउँदै र जाँदै गरेको देखिएको थियो ।
What you should know
काठमाडौँ — बेलायत सरकारले एन्ड्रयू माउन्टबेटन–विन्डसरलाई शाही उत्तराधिकारको सुचीबाट हटाउनेगरी कानून ल्याउने तयारी गरेको छ । यसका लागि बकिङह्याम दरबारसाग सरकारल परामर्श गरिरहेको छ ।
रक्षामन्त्री लुक पोलार्डले बीबीसीसँगको कुराकानीमा प्रहरी अनुसन्धानको नतिजा जे आए पनि एन्ड्रयूलाई राजा बन्नबाट रोक्नका लागि नयाँ कानुन चाहिने बताएका छन् ।
बाल यौन दुराचारी जेफ्री एप्स्टिनसँगको सम्बन्धले विवादमा तानिएपछि गत अक्टुबरमा एन्ड्रयुले राजकुमारसहित शाही उपाधि परित्याग गरेको घोषणा गरेका थिए ।
तर सिंहासनको उत्तराधिकारीको सुचीमा उनको नाम यथावतै छ । उनी सुचीमा आठौं नम्बरमा छन् ।
एन्ड्रयुले आफुले कुनै नराम्रो काम गरेको दाबी गर्दै आएका छन् । तर, एस्प्टिनसँग जोडिएका नयाँ फाइलहरुमा उनको नाम धेरैपटक मुछिएको छ ।
बिहीबार साँझ सार्वजनिक पदमा छँदा गरेको दुव्यवर्हारको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर ११ घण्टा अनुसन्धान गर्यो । त्यसपछि छाडियो । उनले कुनै पनि नराम्रो काम नगरेको बताए ।
शुक्रबार पनि एन्ड्रयू धेरै वर्षदेखि बस्दै आएको रोयल लजमा प्रहरीका भ्यानहरु आउँदै र जाँदै गरेको देखिएको थियो ।
राजतन्त्रको आलोचना गर्दै आएका लेबोर पार्टीका केही सांसद्हरुले एन्ड्रयूमाथि यस्तो कारबाही खासै प्रभावकारी नहुने बताएका छन् । किनकी, पूर्व राजकुमार गद्दीको उत्तराधिकारी भएपनि , आठौ नम्बरमा रहेकाले व्यवहारिक रुपमा उनको पालो आउने संभावना देखिदैंन ।
गत अक्टुबरमा प्रधानमन्त्रीको कार्यालयले उत्तराधिकारको सुची परिवर्तन गर्नेगरी कानुन ल्याउनुपर्ने आवश्यकता नरहने आशा व्यक्त गरेको थियो । बकिङह्याम दरबारले यस विषयमा कुनै टिप्पणी गरको छैन ।
यो कदका लागि सांसद्ले पहिले ऐन बनाउनेछ । त्यसपछि राजाले यसलाई लागु गर्नेछन् ।
बेलायतको राजतन्त्रलाई राष्ट्रप्रमुख मान्ने सबै १४ देशले पनि यसलाई समर्थन दिनुपर्नेछ । राजा चार्ल्स अहिले क्यानेडा, अस्ट्रेलिया, जमैका र न्युजिल्यान्डसहित १४ देशका राष्ट्रप्रमुख हुन् ।
