इरानविरुद्ध सैन्य कारबाहीलाई लिएर ट्रम्पले भने–१० दिनमै थाहा हुनेछ

यता स्विट्जरल्यान्डमा अमेरिकी र इरानी वार्ताकारहरुबीच सकारात्मक कुराकानी भइरहेको बताइएको छ ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Trump says military action against Iran will be known in 10 days

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १० दिनमा इरानसँग सम्झौता गर्ने कि सैन्य कारबाही गर्ने भन्ने विषयमा थाहा हुने बताएका छन् । 

वाशिंगटन डीसीमा ‘बोर्ड अफ पीस’ उद्घाटनमा ट्रम्पले परमाणु कार्यक्रमका सम्बन्धमा इरानसँग कुराकानी भइरहेको बताएका छन् । उनले भने, ‘हामी एक यस्तो सम्झौता गर्नेछौं, जो सार्थक होस् । नत्र खराब परिणामहरु हुनसक्नेछन् ।’

हालैका दिनहरुमा अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । यता स्विट्जरल्यान्डमा अमेरिकी र इरानी वार्ताकारहरुबीच सकारात्मक कुराकानी भइरहेको बताइएको छ । 

डेमोक्रेटिक सांसद र केही रिपब्लिकन नेताले अमेरिकी संसद्‌को अनुमतिबिना इरानमा कुनै पनि सम्भावित सैन्य कारबाही गर्न नहुने भन्दै विरोध जनाएका छन् ।

आफ्नो सम्बोधनमा ट्रम्पले भने, ‘विशेष दूत स्टीभ विटकफ र ज्यारेड कुशनले इरानसँग केही सकारात्मक छलफल गरेका छन् ।’ कुशर ट्रम्पका ज्वाइँसमेत हुन् । ट्रम्पले इरानसँग एक सार्थक सम्झौता गर्न भने सहज नभएको बताएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully