बीएनपीका नवनिर्वाचित सांसद्हरुको १२ बजे बसेको बैठकले तरिकलाई दलको नेता चयन गरेको हो । त्यसअघि १० बजेर ३५ मिनेट जाँदा संसद् भवनमा प्रमुख निर्वाचन आयुक्त नसिरउद्दिनले संसद्हरुलाई सपथ खुवाएका थिए ।
What you should know
काठमाडौँ — बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) को संसदीय दलको नेतामा तरिक रहमान सर्वसम्मत चयन भएका छन् । अध्यक्ष तरिकको नेतृत्वमा बीएनपीले गत बिहीबार सम्पन्न निर्वाचनमा दुई–तिहाई मत ल्याएको थियो ।
अब उनले दिउँसो चार बजे संसद् भवनको दक्षिण प्लाजामा प्रधानमन्त्रीको सपथ लिनेछन् । बीएनपीका कार्यसमिति सदस्य सलाहुद्दिन अहमदले बीएनपीको नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिलाई पत्र पठाइएको बताए ।
तरिकको सपथन समारोहमा सहभागी हुन नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा. भारतबाट लोकसभाका सभामुख बिर्लो, पाकिस्तानबाट योजना तथा विकास मन्त्री असन इक्वालगायत विभिन्न देशका प्रतिनिधि सहभागी हुँदैछन् ।
बीएनपीका नवनिर्वाचित सांसद्हरुको १२ बजे बसेको बैठकले तरिकलाई दलको नेता चयन गरेको हो । त्यसअघि १० बजेर ३५ मिनेट जाँदा संसद् भवनमा प्रमुख निर्वाचन आयुक्त नसिरउद्दिनले संसद्हरुलाई सपथ खुवाएका थिए ।
बीएनपीका महासचिव मिर्जा फकरुल ईस्लाम अलामगिरले यस अवसर ऐतिहासिक रहेको बताए । यसअघि सन् २०१४, २०१८ र २०२४ को निर्वाचन बीएनपीले बहिस्कार गरेको थियो ।
‘हामी निष्पक्ष निर्वाचनमार्फत लामो समयपछि संसद्मा आएका छौं । लामो समय फासिस्ट सरकारले दमन, प्रजातन्त्रमा विध्वंश गर्यो ।
संसद्लाई निष्प्रभावी बनायो र धेरै मानिसको ज्यान लियो,’ क्रान्तिले अपदस्थ गरेको अवामी लिगको सरकारतर्फ संकेत गर्दै उनले भने, ‘यस संसद्मा हामीले बहुमत ल्याएका छौं र युवा नेता तरिक रहमानलाई संसदीय दलको नेता बनाएका छौं ।’
बीएनपीका सांसद्हरुले भन्सार शुल्करहित कार वा सरकारी योजना नस्विकार्ने घोषणा गरेको पनि फकरुलले बताए ।
