४ बजेअघिसम्म यी गाडीहरु संसद् भवनमा पुर्याउने अधिकारीहरुले बताए । बंगलादेशमा १० बजेर ३५ मिनेट जाँदा नवनिर्वाचित सांसद्हरुले सपथ लिइसकेका छन् । आजै १२ बजे तरिक बीएनपीको संसदीय दलको नेता चयन भएका थिए ।
काठमाडौँ — बंगलादेशमा नयाँ मन्त्रिहरुका लागि मन्त्रिपरिषद्का अधिकारीहरुले ४७ वटा कार तयार गरेर राखेका छन् ।
ड्राइभरसहित कारहरु तयारी अवस्थामा राखिएको अधिकारीहरुले बताएका छन् ।
बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का संसदीय दलका नेता तरिक रहमानले ४ बजे प्रधानमन्त्रीको सपथ लिनेछन् । मन्त्रीहरुको सपथ पनि यही समय हुनेछ ।
नयाँ मन्त्रिहरुलाई यी कारहरु दिइनेछ । सरकारको यातायत विभागबाट यी गाडीहरु आजै बिहान सार्वजनिक प्रशासन मन्त्रालय अगाडि ल्याएर राखिएको ड्राइभरहरुले बताएका छन् ।
४ बजेअघिसम्म यी गाडीहरु संसद् भवनमा पुर्याउने अधिकारीहरुले बताए । बंगलादेशमा १० बजेर ३५ मिनेट जाँदा नवनिर्वाचित सांसद्हरुले सपथ लिइसकेका छन् । आजै १२ बजे तरिक बीएनपीको संसदीय दलको नेता चयन भएका थिए ।