बंगलादेश कसैको इशारामा चल्ने राष्ट्र होइन : मोहम्मद युनुस

युनुसको कार्यकालमा छिमेकी भारतसँग बंगलादेशको सम्बन्धमा समस्या देखिएको थियो । विशेषगरी, अल्पसंख्यक हिन्दू समुदायमाथिको बढ्दो हिंसा र बंगलादेशको प्रजातान्त्रिक रुपान्तरणको प्रक्रियामा भारतले चिन्ता व्यक्त गरेको थियो ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Bangladesh is not a nation that follows anyone's lead: Mohammad Yunus

What you should know

काठमाडौँ — बंगलादेशको चुनावी सरकारका प्रमुख मोहम्मद युनुसले बंगलादेश कुनै राष्ट्रको इशारामा चल्ने देश नरहेको बताएका छन् ।

आफ्नो १८ महिने कार्यकाल सकिनुभन्दा एक दिनअघि सोमबार टेलिभिजनमार्फत बिदाई सन्देश दिदैं उनले विदेशीको ईशारामा कुनै पनि काम नगरेको दाबी गरे । 

सार्वभौमसत्ता, राष्ट्रिय हित र स्वाभिमानका आधारमा बंगलादेशले आफ्नो विदेश नीति चलाएको उनको दाबी छ । ‘हाम्रो खुला समुद्र कुनै भौगोलिक सिमा होइन । यो त विश्व अर्थतन्त्रलाई बंगलादेशसँग जोड्ने खुला ढोका हो ।  यस क्षेत्रमा नेपाल, भूटान र सात बहिनीहरुको ठूलो आर्थिक सम्भाव्यता छ,’ युनुसले भने । 

उनले बंगलादेशलाई केन्द्रमा राखेर गहिरो उपक्षेत्रीय आर्थिक सहकार्य गर्न सकिने प्रस्ताव गरे । जसमा कनेक्टिभिटी, व्यापार सम्झौता, आर्थिक क्षेत्र तय गर्ने र समुद्री पहुँच सुनिश्चित गर्ने विषय समावेश छ । 

उनले भारतको नामै नलिई सात बहिनी भनेर भारतका उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेश, आसाम, मणिपुर, मेघालय, मिजोराम, नागाल्यान्ड त्रिपुरालाई इंगित गरेका हुन् ।

पहिल्यै बिग्रिसकेको भारत–बंगलादेश सम्बन्धमा उनको अभिव्यक्तीले थप तनाव निम्त्याउनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

युनुसको कार्यकालमा छिमेकी भारतसँग बंगलादेशको सम्बन्धमा समस्या देखिएको थियो । विशेषगरी, अल्पसंख्यक हिन्दू समुदायमाथिको बढ्दो हिंसा र बंगलादेशको प्रजातान्त्रिक रुपान्तरणको प्रक्रियामा भारतले चिन्ता व्यक्त गरेको थियो । 

युनुसले चीन, जाापन, अमेरिका, युरोपसँग सम्बन्ध बिस्तार भएको दाबी गरे । त्यस्तै चिनियाँ सहयोगमा टिस्टा नदी आयोजना र निल्फामारीमा ठूलो अस्पताल निर्माण चलिरहेको बताए ।

उनले सेनालाई आधुनिकिरण गर्ने काम सुरु भएको बताए । कुनै पनि विदेशी फौजसँग लड्नका लागि बंगलादेशलाई तयार गर्ने काम सुरु भएको बताए । 

आफ्नो सरकारले १ सय ३० नयाँ कानुन आएको र धेरै कानुन संशोधन गरेको तथा ६ सयभन्दा धेरै कार्यकारी आदेश जारी गरेको पनि उनले बताए ।

उनले रोहिग्या संकट बंगलादेशको राष्ट्रिय सुरक्षा, क्षेत्री स्थायीत्व र विकासका लागि गम्भीर समस्या बनेर उभिएको बताए । ‘यो समस्या समाधानका लागि देखिनेगरी वर्षौंदेखि कुनै प्रभावकारी अन्तर्राष्ट्रिय पहल भएन । हामीले यसलाई आफ्नो कार्यकालमा अगाडि सा¥यो र वैश्विक रुपमा ध्यानाकर्षण गर्यौ‍,’ उनले भने । उनले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा चुनाव सम्पन्न भएको भन्दै सबैभन्दा धन्यवाद् दिए । 

कान्तिपुर

Link copied successfully