अस्ट्रेलियाले आईएसआईएल लडाकुका आफन्तलाई घर ल्याउँदैन : प्रधानमन्त्री अल्बानिज

आईएसआईएलको प्रभाव उत्कर्षमा छँदा यसका लडाकुहरुले विश्वका विभिन्न स्थानमा महिला तथा किशोरीहरुसँग विवाह गर्ने गरेका थिए । किशोरीहरूलाई प्रलोभनमा पारेर वा अपहरण गरेर यहाँ ल्याइएको थियो अहिले ती महिला तथा लडाकुबाट जन्मेका बच्चाहरु घरबारविहिन बनेका छन् ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Australia will not bring home relatives of ISIL fighters: Prime Minister Albanese

What you should know

काठमाडौँ — अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सिरियामा शिविरमा राखिएका शंकास्पद आईएसआईएल लडाकुका आफन्तलाई स्वदेश नल्याउने बताएका छन् ।

उत्तरी सिरियाको कुर्दिश–नियन्त्रित रोज हिरासत शिविरबाट सोमबार अष्ट्रेलियाली नागरिकता रहेका ३४ महिला र बालबालिकालाई रिहा गरिएको थियो । तर उनीहरुलाई अस्ट्रेलिया सरकारले घर फर्कन रोक लगायो ।

त्यसपछि बाध्य भएर उनीहरुलाई फेरि शिविरमै फर्काइएको रोज शिविरकामा कार्यरत रशिद उमरले बताए । उनले अझै पनि सिरियाली अधिकारीहरूसँग मिलेर आफन्तहरुले समस्या समाधान गर्ने कोसिस गरिरहेको बताए ।

रोज हिरासत शिविरका निर्देशक हाक्मिएह इब्राहिमले अल जजीरालाई बताएअनुसार ११ परिवारका महिला र बालबालिकाहरूलाई ‘अष्ट्रेलियाबाट उनीहरूलाई लिन आएका आफन्तहरूलाई’  हस्तान्तरण गरिएको थियो । तर सरकारले स्वदेश फर्काउन अस्विकार गर्यो । 

प्रधानमन्त्री अल्बानिजले युद्धमा बालबालिका प्रभावित हुनु दुखद् रहेको बताए । तर, अस्ट्रेलियाले कुनै पनि सहयोग नगर्ने बताए । ‘मेरी आमाले भन्नुहुन्थ्यो, तिमी आफ्नो ओछ्यान जस्तो बनाउँछौ, त्यसैमा सुत्छौ,’ उनले भने, ‘हाम्रो जीवनशैलीलाई कमजोर पार्न र नष्ट गर्न खलीफा स्थापना गर्ने प्रयासमा भाग लिन विदेश यात्रा गर्ने मानिसहरूप्रति हामीलाई कुनै सहानुभूति छैन ।’ 

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका प्रवक्ताले सिरियाबाट अष्ट्रेलिया फर्कनेहरूले कानूनको सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन् । ‘यस समूहका मानिसहरूलाई थाहा हुनुपर्छ कि यदि उनीहरूले अपराध गरेका छन् र उनीहरू कानुनी दायरमा आउनेछन् ,’ प्रवक्ताले भने । 

मानवीय संस्था सेभ द चिल्ड्रेनले २०२३ मा ११ महिला र २० बालबालिकाको तर्फबाट अष्ट्रेलिया सरकारविरुद्ध मुद्दा दायर गरेको थियो । अष्ट्रेलियाको आफ्ना नागरिकहरूप्रतिको ‘नैतिक र कानुनी जिम्मेवारी’ लिनुपर्ने उल्लेख गर्दै उनीहरूको स्वदेश फिर्ताको माग गरिएको थियो ।

तर, संघीय अदालतले सेभ द चिल्ड्रेनको विरुद्धमा फैसला सुनाएको थियो । अस्ट्रेलिया सरकारले सिरियामा उनीहरूको नजरबन्दलाई नियन्त्रण नगरेकाले अहिले स्वदेश फर्काउनुपर्ने बाध्यता नरहेको अदालतले जनाएको थियो ।

गत डिसेम्बरमा सिड्नीमा भएको यहुदी उत्सवमा बोन्डाई बीचमा घातक आक्रमण भएपछि अस्ट्रेलियाले आईएसआईएलका आफन्तहरुमाथि थप कडाई गर्ने मध्य पूर्वका सुरक्षा विश्लेषक रोजर शानाहानले बताए ।

उक्त आक्रमणमा १५ जनाको मृत्यु भएको थियो । ‘मानिसहरुले आफ्नो कट्टरपन्थी विचार त्यागेजस्तो देखिएपनि उनीहरुभित्र त्यस्तो विचार बाँकी रहेको चिन्ता अस्ट्रेलियाको ठूलो जनसंख्यालाई छ,’ शानाहानले भने ।

आईएसआईएलको प्रभाव उत्कर्षमा छँदा यसका लडाकुहरुले विश्वका विभिन्न स्थानमा महिला तथा किशोरीहरुसँग विवाह गर्ने गरेका थिए । अहिले ती महिला तथा लडाकुबाट जन्मेका बच्चाहरु घरबारविहिन बनेका छन् ।

आईएसआईएल लडाकुसँग विवाह गरेकाले सम्बन्धित देशले ती महिला र लडाकुबाट जन्मिएका बालबालिकालाई घर फर्काउन अस्विकार गरेका छन् । घरबारविहिन अवस्था आएपछि उनीहरु शिविरमै फर्कन बाध्य छन् । 

आईएसआईएलको प्रभाव उत्कर्षमा छँदा यसका लडाकुहरुले विश्वका विभिन्न स्थानमा महिला तथा किशोरीहरुसँग विवाह गर्ने गरेका थिए । किशोरीहरूलाई प्रलोभनमा पारेर वा अपहरण गरेर यहाँ ल्याइएको थियो  अहिले ती महिला तथा लडाकुबाट जन्मेका बच्चाहरु घरबारविहिन बनेका छन् ।

१५ वर्षको उमेरमा उनी लण्डनबाट आईएसआईएल लडाकुसँग विवाह गर्न सिरिया आएकी थिइन् । यहाँ विवाह गरेर बच्चा जन्मिएपछि श्रीमान्को मृत्यु भयो । बेलायतले पनि यसपछि उनको नागरिकता रद्द गरिदिएको थियो । रोज क्याम्पले उनलाई रिहा गरेको भएपनि देशविहिन भएपछि उनी निस्कन पाइनन् । 

सन् २०१४ ताका उत्कर्षमा छँदा जिहादी संगठन आईएसआईएलले ईराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको थियो ।

कान्तिपुर

Link copied successfully