चीनमा पटाका पसलमा आगलागी हुँदा कम्तिमा ८ को मृत्यु

चीनमा मंगलबार चन्द्र नयाँ वर्ष छ

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

At least 8 killed in firecracker shop fire in China

काठमाडौँ — पूर्वी चीन पटाका पड्किएर आगलागी हुँदा कम्तिमा आठजनाको मृत्यु भएको छ । त्यस्तै, दुईजना सामान्य घाइते भएका छन् ।

डोङ्घाई काउन्टी सरकारले जारी गरेको विज्ञप्तिमा जियाङ्सु प्रान्तको एक गाउँमा आइतबार दिउँसो बिस्फोट भएको उल्लेख छ । पटाका पसल नजिकै आतिशबाजी गर्न खोज्दा यस्तो बिस्फोट भएको विज्ञप्तिमा उल्लेख छ ।

चीनमा नयाँ वर्षको पूर्वसन्ध्यामा मध्यरातमा पटाका पड्काउने परम्परा छ । तर पछिल्ला वर्षहरुमा धेरै स्थानहरुमा रोक लागेको छ । मंगलबार चीनमा चन्द्र नयाँ वर्ष छ ।

यसलाई वसन्त महोत्सव पनि भनिन्छ । बिस्फोटपछि, आपतकालीन व्यवस्थापन मन्त्रालयले भविष्यमा हुने दुर्घटनाहरू रोक्न आतिशबाजीको उत्पादन, ढुवानी, बिक्री र प्रयोगको सुपरिवेक्षणलाई बलियो बनाउन सबै क्षेत्रहरूलाई आग्रह गरेको छ ।

 मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ स्थानीय सरकारहरुले पसलहरू वरपर आतिशबाजी र पटाकाहरू प्रयोग गर्न निषेध गर्दै सुरक्षित, शुभ र खुशीयाली वसन्त पर्व मनाउने वातावरण सुनिश्चित गर्नुपर्छ ।’

कान्तिपुर

Link copied successfully