बंगलादेशका प्रधानमन्त्रीको सपथमा नेपालसहित १३ देशलाई निमन्त्रणा

विगतमा सपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । तर, यसपटक ठूलो संख्यामा अतिथी निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

13 countries, including Nepal, invited to Bangladesh Prime Minister's swearing-in ceremony

काठमाडौँ — बंगलादेशमा निर्वाचनबाट दुई–तिहाई सिट जितेको बंगलादेश राष्ट्रिय पार्टी अध्यक्ष तरिक रहमानले ५ फागुनमा प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।

 उनले यही दिन मन्त्रीहरुसँगै सपथ लिनेछन् । 

सपथ समारोहका लागि नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, युएई, कतार, मलेसिया  र ब्रनाईका प्रतिनिधिहरुलाई निमन्त्राणा गरिएको छ ।

बेलायदेशको लोकप्रिय पत्रिका प्रथम आलोले कुटनीतिक स्रोत उद्रृत यसको पुष्टि गरेको हो । बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लामा यो सपथ समारोह हुनेछ । 

विगतमा सपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । तर, यसपटक ठूलो संख्यामा अतिथी निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ । 

बिहीबार २ सय ९९ स्थानमा  सम्पन्‍न निर्वाचनमा २ सय ९७ सिटको मतगणनामा हुँदा बंगलादेश राष्ट्रिय पार्टीले २ सय ९ सिट जितेको थियो । बाँकी दुई सिटमा अदालतले तत्काल मतगणना नगर्न आदेश दिएको थियो । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको छ । 

बंगलादेशको जातीय संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । यसमा  पार्टीहरुले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधारमा मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully