बीएनपीका अध्यक्ष तारिक रहमान का-१७ र बोगुरा-६ दुवैबाट निर्वाचित भएका छन् । लामो समय बेलायतमा रहेका उनी १७ वर्षपछि यही चुनावको पूर्वसन्ध्यामा बंगलादेश फर्किएका थिए ।
काठमाडौँ — बंगलादेशको संसदीय चुनावमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले प्रारम्भिक मतगणनामा ठूलो अग्रता हासिल गरेको छ । द डेलीस्टारका अनुसार बिहान ३:३० बजेसम्म बीएनपी र यसका सहयोगी दलहरूले २ सय ९९ क्षेत्रमध्ये १ सय ७० क्षेत्रमा अग्रता लिएका छन् ।
जमात्-ए-इस्लामी र यसका सहयोगीहरूले ६० सिटमा विजय हासिल गरेको दाबी गरेका छन् । पार्टीको आधिकारी फेसबुक पेजमार्फत उनीहरुले यस्तो दाबी गरेका हुन् ।
मतगणना जारी रहेकाले निर्वाचन आयोगले आधिकारिक नतिजा घोषणा गर्न बाँकी छ ।
बीएनपीका अध्यक्ष तारिक रहमान का-१७ र बोगुरा-६ दुवैबाट निर्वाचित भएका छन् । लामो समय बेलायतमा रहेका उनी १७ वर्षपछि यही चुनावको पूर्वसन्ध्यामा बंगलादेश फर्किएका थिए ।
पूर्व राष्ट्रपति जनरल जिउर रहमान र पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाका छोरा रहमानलाई यसपटक पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।