संदिग्घ स्कुलमा भेटिएको शवमध्ये एक संदिग्ध अपराधीको रहेको प्रहरीको अनुमान छ ।
काठमाडौँ — क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित ग्रामिण बस्ती टुम्लर रिजमा सामुहिक गोली प्रहारमा परेर कम्तिमा आक्रमणकारीसहित १० व्यक्ति मारिएका छन् ।
जसमध्ये ६ जना व्यक्तिहरु टुम्लर रिज सेकेन्डरी स्कुलभित्र मृत अवस्थामा फेला परेका थिए ।
त्यस्तै, एकजनाको अस्पताल लैजानै गर्दा मृत्यु भयो । थप दुईजनाको शव घरभित्र फेला परेको छ । घटनामा कम्तिमा २५ जना घाइते भएका छन् ।
स्कुलका १२ कक्षाका एक विद्यार्थीले उनी र उनका सहपाठी २ घण्टासम्म ढोका थुनेर बसेको बताए । ‘यस्तो त मैले पहिले फिल्ममा मात्रै देखेका थिए,’ उनले भने । |
संदिग्घ स्कुलमा भेटिएको शवमध्ये एक संदिग्ध अपराधीको रहेको प्रहरीको अनुमान छ । अपराधीले आफैंलाई गोली हानेर मारेको हुनसक्ने उनीहरुले बताएका छन् । आक्रमणकारी किन यस्तो कामका लागि प्रेरित भए भन्ने विषय प्रहरीले छानविन गर्दैछ ।
बस्तीका काउन्सिलर क्रिस नोर्बुरीले बीबीसी रेडियोसँग कुराकानी गर्दै यस घटनाले सम्पूर्ण बस्तीलाई नै स्तब्ध पारेको बताए । ‘यो अति नै सुरक्षित समुदाय हो । यहाँ हामीले ढाकामा ताला पनि लगाउने गर्दैनांै । अपराको चिन्ता लिनुपर्दैन थियो । तर, नसोचेको घटना भयो ।’
उनले थपे, ‘हाम्रो बस्तीमा प्रहरीका तीनवटामात्रै गाडी छन् । यो निकै सानो बस्ती हो । सानो समुदाय हो । हामी एकअर्कालाई चिन्छौं । सबै पीडितहरुलाई चिन्छौं । उनीहरु हाम्रा साथी र साथीका छोराछोरी हुन् ।’ टुम्लर रिजको जनसंख्या केवल २३ सय ९९ छ ।
