१ सय ८ दिनको पदयात्रापछि वासिङटन पुग्यो बौद्ध भिक्षुको टोली

बौद्ध, हिन्दू र जैन धर्ममा १ सय ८ अंकलाई पवित्र मानिन्छ । यसले आध्यात्मिक जगरण र अस्तित्वको पूर्णतालाई प्रतिनिधित्व गर्छ ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — बौद्ध भिक्षुको टोली १ सय ८ दिनको शान्ति यात्रा सकेर मंगलबार वासिङटन आइपुगेको छ ।  टेक्सासको फोर्ट वर्थस्थित हुओङ दाओ विपाश्यना भवनबाट सुरु भएको यात्रा ३७ सय किलोमिटरभन्दा लामो दुरी पार गरेर वासिङटन आइपुगेको हो । 

टोलीलाई वासिङटनमा ठूलो जनसमुदायले स्वागत गरे । मंगलबार यो टोलीले अन्तर धर्मप्रतिको सम्मानमा वासिङटनस्थित नेशनल क्याथड्रेल भ्रमण गरेको छ । उनीहरुले यसै साता अब्राहम लिंक स्मारक र शान्ति स्मारक भ्रमण गर्ने योजना बनाएका छन् । 

आफ्नो पदयात्राका यो टोलीले आलोका नामक कुकुरलाई पनि समावेश गरेको थियो । सन् २०२२ मा भारतमा पदयात्रामा छँदा यो कुकुरले उनीहरुलाई पछ्याएको थियो ।

त्यसबेला झन्डै १ सय दिन आलोकले उनीहरुसँग बितायो ।  सन् २०२५ को अन्त्यमा  टोलीले टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि आलोकालाई भारतबाट अमेरिका बोलाइयो लगियो । 

पदयात्राकै क्रममा खुट्टामा समस्या देखिएपछि यो आलोकको शल्यक्रिया गरिएको थियो । टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेको हो । 

उनीहरुलाई बुधबार वासिङटनमा ठूलो जनसमुदायले स्वागत गर्‍यो । सामाजिक सञ्जालमा यो टोली र उनीहरुको उद्धार गरेको कुकुर अलोक निकै प्रख्यात भइसकेका छन् । 


राजनीतिक विभाजन र द्वन्द्वहरु सामना गरिरहेको विश्वमा उनीहरुले शान्तिको कामना गरे । उनीहरुलाई अनललाईनमा दशौं लाख मानिसहरुले फलो गरेका छन् । 

‘पदयात्राका दौरान हामीसँग भेटिएका मानिसहरुले ध्यान गर्नेछन् र शान्ति पाउनेछन् भन्ने हाम्रो आशा छ,’ टोली नेता भिक्षु पन्नाकाराले भने । यो टोलीले बाटोमा भेटिएका मानिसहरुलाई ध्यान सिकाएको थियो । 

 थेरावाद बौद्ध गुम्बाका विश्वभरका १९ जना भिक्षुहरु यसमा सहभागि थिए । यो यात्रा सहजभने थिएन । नोभेम्बरमा हाइवे नजिकबाट उनीहरु हिडिंरहेका थिए, उनीहरुलाई स्कर्टिङ गरिरहेको गाडीलाई ट्रकले ठक्कर दियो । दुईजना घाइते भए ।

जसमध्ये एक भिक्षु महा धाम फोम्मासानको खुट्टा काट्नुपर्यो‍ । जर्जियास्थित एक मन्दिरका प्रमुख फोम्मासान बुधबार व्हिलचेयरमा बसेर अमेरिकी विश्वविद्यालयभित्र छिरेका थिए । 

बुद्ध पूर्णिमालाई अमेरिकामा राष्ट्रिय बिदा घोषणा गर्न उनीहरुले अमेरिकी नीति निर्माताहरुलाई वासिङटनमा ज्ञापनपत्र बुझाउने योजना बनाएका छन् । तर आफ्नो यात्राको लक्ष्य यतिमै सिमित नरहेको उनीहरुले बताएका छन् । 

पदयात्राका प्रवक्ता लङ सी दोङले यो कुनै राजनीतिक यात्रा नभएको बताए । त्यस्तै, कुनै पैरवी वा कानुन संशोधनमा केन्द्रीत पनि नरहेको बताए । 

‘यो एउटा अध्यात्मिक आमन्त्रण हो । हरेक दिनका कदममार्फत शान्तिपूर्ण रुपमा बाँच्न गरिएको निमन्त्रण हो । हामी आफैंभित्र शान्ति छ भन्ने विश्वास गर्छौ,’ उनले भने । 

बौद्ध, हिन्दू र जैन धर्ममा १ सय ८ अंकलाई पवित्र मानिन्छ । यसले आध्यात्मिक जगरण र अस्तित्वको पूर्णतालाई प्रतिनिधित्व गर्छ । 

कान्तिपुर

Link copied successfully