थाइल्यान्डको चुनावमा  राजावादीको अग्रता

प्रधानमन्त्री चर्भिराकुल नयाँ गठबन्धन सरकार निर्माणका लागि गठबन्धन साझेदारसँग छलफलमा छन् । देशको सुस्त आर्थिक वृद्धिलाई रफ्तार दिनु उनको प्रमुख चुनौती हुनेछ ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Royalists lead in Thailand's election

काठमाडौँ — थाइल्यान्डमा ९० प्रतिशत मतगणना हुँदा अन्तरिम प्रधानमन्त्री अनुतिन चर्भिराकुलको  भुमजाईथाई पार्टी पहिलो स्थानमा आउने देखिएको छ ।

राजतन्त्र तथा सेना पक्षधर यस पार्टीले ९० प्रतिशतभन्दा धेरै मतगणना हुँदा कुल ५ सय सिटमध्ये १ सय ९४ सिटमा अग्रता बनाएको निर्वाचन आयोगले जनाएको छ । गत वर्ष कम्बोडियासँग सीमा विवादले युद्ध निम्तिएपछि थाइल्यान्डमा सैनिक राष्ट्रवादको रुझान देखिएको थियो । 

नतिजाले उदारवादी पार्टीहरु पिपुल्स पार्टी र फेउ थाईप्रति ग्रामिण क्षेत्रका मतदाता आकर्षित भएको देखाएन । फेउ थाई जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी हो । यसअघि २०२३ को निर्वाचनमा पिपुल्स पार्टीले १ सय ५१ र फेउ थाइले १ सय ४१ मत ल्याएका थिए । 

प्रधानमन्त्री चर्भिराकुल नयाँ गठबन्धन सरकार निर्माणका लागि गठबन्धन साझेदारसँग छलफलमा छन् । देशको सुस्त आर्थिक वृद्धिलाई रफ्तार दिनु उनको प्रमुख चुनौती हुनेछ । 

यस निर्वाचनमा पिपुल्स पार्टीले १ सय १५ सिट जितेर दोस्रो स्थान र फेउ थाइले तेस्रो स्थान ल्याउने अनुमान गरिएको छ । गत सेप्टेम्बरमा अन्तरिम प्रधानमन्त्री बनेका अनुतिनले संभावित गठबन्धनबारे बोल्न अस्विकार गरे । ‘सबै विषय छलफलकै क्रममा छ । सबै पक्षबाट आएका कुरालाई मैले पहिले पार्टीमा राख्नुपर्छ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully