नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय

निलीले मोहम्मदीको स्वास्थ्य समस्याका कारण उनलाई अस्थायी रूपमा ‘उपचार प्राप्त गर्न जमानतमा रिहाइ’ गर्न सकिने आशा व्यक्त गरे ।

माघ २५, २०८२

रासस

Nobel Peace Prize winner Mohammadi sentenced to six years in prison in Iran

What you should know

तेहरान — इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

वकिल मुस्तफा निलीले भने, 'सरकारविरोधी प्रदशैनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।'

'मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उहाँलाई दुई वर्षको लागि दक्षिण खोरासानको पूर्वी प्रान्तको खोस्फ शहरमा जानबाट प्रतिबन्ध लगाइएको छ,' उनको वकिलले भने ।

इरानी कानुनअनुसार जेल सजाय र यो प्रतिबनध सँगै लागू हुनेछन् । 

निलीले मोहम्मदीको स्वास्थ्य समस्याका कारण उनलाई अस्थायी रूपमा ‘उपचार प्राप्त गर्न जमानतमा रिहाइ’ गर्न सकिने आशा व्यक्त गरे । उनले जारी गरिएको फैसला अन्तिम नभएको र पुनरावेदन गर्न सकिने बताए । 

विगत २५ वर्षमा ५३ वर्षीया मोहम्मदीलाई इरानको मृत्युदण्डको प्रयोग र महिलाहरूको लागि अनिवार्य ड्रेस कोडको विरुद्ध मुखर अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र पटक–पटक जेल चलान गरिएको छ ।

मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमा बिताएकी छन् । उनले सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई भेट्न पनि पाएकी छैनन् । 

उनका वकिलका अनुसार डिसेम्बर २०२४ मा उनलाई ‘हाडको उपचार’ पछि उनको शारीरिक अवस्थासम्बन्धी चिकित्सा आधारमा तीन हप्ताको लागि रिहा गरिएको थियो ।

नोबेल पुरस्कार विजेता मोहम्मदी जेलभित्र पनि चुप लागेकी छैनन् । महिला अधिकारका लागि र सरकारका गलत रबैयाविरूद्ध जेल परिसरमा पनि विरोध प्रदर्शन गरिरहेकी छन् । 

मोहम्मदीले मुख्यतया इरानमा मृत्युदण्डको विरूद्ध उनको अभियानको लागि सन् २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् तर उनी त्यस समयमा जेलमा रहेका कारण उनका छोराछोरीले उनको तर्फबाट पुरस्कार लिएका थिए । 

एम्नेस्टी इन्टरनेसनल लगायतका मानवअधिकार समूहहरूले चीनबाहेक कुनै पनि देशको तुलनामा इरानले हरेक वर्ष धेरै मृत्युदण्ड दिने गरेको बताएका छन् ।

रासस

Link copied successfully