फ्रान्सले अमेरिकी डिजिटल प्लेटफर्ममाथिको निर्भरता घटाउने

सोमबार सरकारले फ्रान्समै बनेको भिसियो नामक भिडियो कन्फरेन्सिङ प्लेटफर्म प्रयोग गर्ने घोषणा गरेको छ । यो प्लेटफर्म एक वर्षदेखि परीक्षणको चरणमा छ र करिब ४०,००० प्रयोगकर्ता छन् ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

France to reduce dependence on US digital platforms

What you should know

काठमाडौँ — फ्रान्सले २०२७ भित्र सबै सरकारी कामकाजमा भिसियो प्लेटफर्म लागू गर्ने घोषणा गरेको छ । 

अमेरिकी प्लेटफर्महरू माइक्रोसफ्ट टिम्स र जुमको सट्टा आफ्नै विकसित भिडियो कन्फरेन्सिङ प्लेटफर्मलाई जुन २०२७ सम्म सबै सरकारी विभागमा सञ्चालनमा ल्याइने घोषणा फ्रान्सले सोमबार गरेको हो ।

यो कदम अमेरिकाबाट आउने विदेशी सफ्टवेयर प्रदायकको प्रयोग अन्त्य गर्दै महत्त्वपूर्ण डिजिटल पूर्वाधारमाथि पुनः नियन्त्रण स्थापना गर्ने फ्रान्सको बृहद रणनीतिको हिस्सा हो  । युरोपका अन्य देशजस्तै फ्रान्स पनि डिजिटल सार्वभौमिकतासम्बन्धी निर्णायक मोडमा पुगेको अवस्थामा यो पहल  सुरु गरिएको हो  ।

'हाम्रो लक्ष्य गैरयुरोपेली समाधानको प्रयोग अन्त्य गर्नु र शक्तिशाली तथा सार्वभौम उपकरणमा निर्भर रहँदै सार्वजनिक इलेक्ट्रोनिक सञ्चारको सुरक्षा र गोपनीयता सुनिश्चित गर्नु हो,' फ्रान्सका सार्वजनिक सेवा तथा राज्य सुधार मन्त्री डाभिड अमिएलले भने  ।

सोमबार सरकारले फ्रान्समै बनेको भिसियो नामक भिडियो कन्फरेन्सिङ प्लेटफर्म प्रयोग गर्ने घोषणा गरेको छ  । यो प्लेटफर्म एक वर्षदेखि परीक्षणको चरणमा छ र करिब ४०,००० प्रयोगकर्ता छन् ।

भिसियो के हो?

भिसियो फ्रान्सको सुइट न्यूमेरिकयोजनाको हिस्सा हो, यस योजनाले सरकारी कामकाजमा घरेलु प्रविधिलाई नै प्रयोग गर्ने लक्ष्य राखेको छ  ।  भिसियो प्लेटफर्म सरकारी कर्मचारीका लागि होइन  ।  सर्वसाधारण वा निजी कम्पनीका लागि होइन  ।

यस प्लेटफर्ममा फ्रान्सेली स्टार्टअप पायनोटको प्रविधि प्रयोग गरी  एआई जडित  विभिन्‍न सुविधाहरु उपलब्ध गराइएको छ  ।  । फ्रान्सेली कम्पनी आउटस्केलको सार्वभौम क्लाउड पूर्वाधारमा भिसियो होस्ट गरिएको छ  ।

फ्रान्सेली सरकारका अनुसार भिसियोमा स्थानान्तरण हुँदा लाइसेन्सिङ लागत घटाएर प्रति १ लाख प्रयोगकर्ता बराबर झण्डै १० लाख युरो बचत गर्न सकिन्छ  । गत वर्ष अमेरिकी क्लाउड सेवामा आएको अवरोधपछि युरोपले अमेरिकी सूचना प्रविधि पूर्वाधारमा आफ्नो अत्यधिक निर्भरतामाथि घटाउनुपर्ने आवाज उठेको थियो  ।

'यो रणनीतिले बढ्दो भूराजनीतिक तनाव र विदेशी निगरानी वा सेवा अवरुद्ध हुने डरबीच डिजिटल सार्वभौमिकताप्रति फ्रान्सको प्रतिबद्धता स्पष्ट देखाउँछ,' अमिएलले भने  ।

कान्तिपुर

Link copied successfully