एप्स्टिन फाइलको प्रभाव : विलासी घर छाडेर नयाँ ठाउँमा सरे पूर्व बेलायती राजकुमार

सोमबार अन्धकारमा पूर्व राजकुमार विन्डसरस्थित विलासी घरबाट नोर्फल्कस्थित सान्द्रिङघम स्टेटमा सरेको दरबार स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Epstein file impact: Former British prince moves from luxurious home to new place

काठमाडौँ — बेलायतका अधिकारकुमार एन्ड्रयु माउन्टबाट्टनले बिन्डसरस्थित आफ्नो विलासी घर छाडेका छन् ।

अमेरिकी न्याय विभागले शुक्रबार एप्स्टिनसँग जोडिएका नयाँ फाइल सार्वजनिक गरेसँगै उनी अन्यत्र सर्न लागेका हुन् । 

पछिल्ला कागजातमा माउन्टबाट्टनसँग यौन सम्पर्कका लागि एक लगानीकर्ताले  सन् २०१० मा रोयल लजमा महिला पठाइदिएको उल्लेख छ । 

बेलायती प्रहरीले यस विषयबारे समिक्षा भइरहेको बताएको छ । सोमबार अन्धकारमा पूर्व राजकुमार विन्डसरस्थित विलासी घरबाट नोर्फल्कस्थित सान्द्रिङघम स्टेटमा सरेको दरबार स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ । यो दरबार राजा चार्ल्सको निजी सम्पत्ति हो र बीबीसी अनुसार भाईको नयाँ घरका लागि उनले रकम खर्चनेछन् । 

बेलायत प्रहरीले यौन अपराधको मुद्दालाई गम्भीर रूपमा लिइने जनाएको छ । पछिल्ला कागजातले झन्डै दुई वर्षसम्म माउन्टबाट्टन एप्स्टिनसँग सम्पर्कमा रहेको पनि देखाएको थियो । 

पूर्व राजकुमार माउन्टबाट्टनले एप्स्टिनसँग सम्बन्ध भएपनि कुनै गलत काम नगरेका बताउँदै आएका छन् । 

सन् २०१५ मा भर्जिनिया जिउफ्रेले एप्स्टिनविरूद्ध आफुलाई धनाढ्यहरुको सेवामा लगाएको आरोपमा मुद्दा दायर गरेकी थिइन् । उनले एन्ड्रयु माउन्टबाट्टनले समेत आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् ।

यस आरोपलाई माउन्टबाट्टनले अस्विकार गर्दै आएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully