१३ वर्षे बालकले चार घण्टा पौडिएर जोगाए आमा र भाइबहिनीको ज्यान

आमाले उनलाई किनारमा जान भनिन् । 'म साँच्चै धेरै डराएको थिएँ,' एपल्बीले भने, ' यो पार गर्न सक्छु वा सक्दिँन भनेर आफैंलाई सोच्दै थिएँ ।'

माघ २१, २०८२

कान्तिपुर संवाददाता

13-year-old boy saves mother and siblings by swimming for four hours

What you should know

काठमाडौँ — आफ्नी आमा र दुई भाइबहिनीलाई कायकिङ गर्दा छालले समुद्रतर्फ बगाएर लगेपछि १३ वर्षका किशोर अष्टिन एपल्बी चार घण्टासम्म पौडेर किनारामा आए ।

अनि, उद्धारकर्तालाई फोन गरेर परिवारलाई बचाउन आग्रह गरे । 

अस्ट्रेलियाको समुद्री तटमा १३ वर्षका एक किशोरले ४ घण्टासम्म पौडेर आफ्नी आमा र दुई भाइबहिनीको ज्यान बचाउन सहयोगी भूमिका खेलेका छन् । शुक्रबार दिउँसो आफ्नो परिवारसँग कायकिङ र प्याराडल-बोर्डिङ गर्न उनी समुद्रमा निस्किएका थिए । तर, ठूलो छाल आएसँगै उनीहरुको बोर्ड उल्टियो । हेर्दा हेर्दै कायकभित्र पानी भरियो र उनकी आमा र भाईबहिनी बग्न थाले । 

लगत्तै आमाले उनलाई किनारमा जान भनिन् । 'म साँच्चै धेरै डराएको थिएँ,' एपल्बीले भने, ' यो पार गर्न सक्छु वा सक्दिँन भनेर आफैंलाई सोच्दै थिएँ ।' 

सुरुमा दुई घण्टा उनले लाइफ ज्याकेट लगाएर पौडी खेलिरहेका थिए । तर, झन्झटिलो महसुस भएपछि त्यसलाई पानीमै फालिदिए । 'म निकै थकित भएको थिएँ, तर कति थाकेँ भन्ने महसुसै भइरहेको थिएन,' उनले भने । 

उनले यसक्रममा पौडी खेलिरहे । यसक्रममा ब्रेस्टस्ट्रोक, फ्रीस्टाइल र ब्याकस्ट्रोक गरेको उनले बताए । उनले तटमा पुग्नासाथ आपतकालीन सेवामा फोन गरेर डुङ्गा, हेलिकप्टर र विमान पठाउन अनुरोध गरेका थिए । 

'मेरो परिवार समुद्रमा पर-पर छ,'  उनले भनेका थिए । 

13-year-old boy saves mother and siblings by swimming for four hours

प्रहरीका अनुसार खोजीमा संलग्‍न एक हेलिकप्टरले राति ८:३० बजे उनको आमा र दुई बच्चालाई लाइफ ज्याकेटसहित लगाएर एउटा प्याराडलबोर्ड समातेर बसेको अवस्थामा फेला पारेको थियो । यतिबेला उनीहरूले १० घण्टा पानीमा बिताइसकेका थिए । 

समुद्री उद्धार स्वयंसेवक पल ब्रेस्ल्यान्डले उक्त किशोरको चार घण्टाको पौडीले उनको परिवारको ज्यान बचेको बताए।

आमा र भाईबहिनी पर्यटकीय सहर क्विन्डालपबाट १४ किलोमिटर टाढासम्म बगेका थिए । उद्धारकर्ता ब्रेस्ल्यान्डले एपल्बीले असाधारण काम गरेको बताए । 'मैले सोचेँ यो त अविश्वसनीय हो,' उनले भने ।  

प्रहरी निरीक्षक जेम्स ब्राडलीले एपल्बीको कामको जति प्रशंसा गरे पनि कमै हुने बताए । 'उनको दृढता र साहसले अन्ततः उनकी आमासहित उनका भाइबहिनीको ज्यान बचायो, ब्राडलीले भने । 

स्थानीय सञ्चारमाध्यमले एपल्बीकी आमा जोएनको पनि प्रशंसा गरेकी छिन् । उनले आफ्ना १२ वर्षका छोरा बो र आठ वर्षीया छोरी ग्रेसलाई समुद्रमा घण्टौँ बिताउँदा पनि सुरक्षित राखिन् । 

 'सुरुमा सबैकुरा शान्त र सुखद देखिँदै थियो,'  जोएनले भनिन्, ' मैले भारी मनले जोएनलाई किनारतिर पुगेर सहायता ल्याउने कोसिस गर्न भने । पछि मलाई धेरै पीडा भयो । घाम अस्ताउँदो जाँदा मैले सोचेँ: ‘यहाँ केही निकै खराब भएको छ । सबैभन्दा ठूलो डर एपल्बी बाँचेन कि भन्ने थियो,'  उनले भनिन्, 'यस्तो बेलामा दिमागमा धेरै कुरा खेल्छन् ।'

कान्तिपुर

Link copied successfully