आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६/२७ का लागि बजेट पेस गर्दै सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिएको बताएकी हुन् ।
काठमाडौँ — भारतले औद्योगिक विकासमा ठूलो लगानी गर्ने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६/२७ का लागि बजेट पेस गर्दै सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिएको बताएकी हुन् ।
उनले गत वर्ष अगस्ट १५ पछि ३५० भन्दा बढी आर्थिक सुधार गरिएको समेत जानकारी दिइन् । अर्थमन्त्री सीतारमणले बजेट वक्तव्यका क्रममा भनिन्, 'आर्थिक विकासलाई तीव्र बनाउनका लागि मैले ६ क्षेत्रमा सुधारको प्रस्ताव गर्दछु । सात रणनीतिक क्षेत्रमा उत्पादन बढाउने, पुराना औद्योगिक क्षेत्रलाई पुन: नयाँ बनाउने, च्याम्पियन एसएमई बनाउने, इन्फ्रालाई बढावा दिने, लामो समयका लागि सुरक्षा तथा स्थिरता सुनिश्चित गर्ने र सहरी आर्थिक क्षेत्रको विकास गर्ने ।'
अर्थमन्त्री सीतारमणले आर्थिक वर्ष ०२६/२७ का लागि आगामी ५ वर्षमा बायोफर्मामा १० हजार करोड रुपैयाँ लगानी गरिनेछ ।
त्यस्तै 'रेयर अर्थ' अर्थात् पृथ्वीमा रहेका दुर्लभ खनिजका लागि पनि सरकारले विशेष लगानी गर्ने भएको छ । ओडिशा, केरल, आन्ध्र प्रदेश र तमिलनाडुलाई समेटेर रेयर अर्थ म्याग्नेट करिडोर बनाइने छ । इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङका लागि ४० हजार करोड रुपैयाँको प्रस्ताव गरिएको छ ।
