संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस

उनले सबै सदस्य राष्ट्रहरूले पूर्ण र समयमै भुक्तानी गर्ने आफ्नो दायित्वका पूरा गर्नु पर्ने वा सदस्य राष्ट्रहरूले आसन्न वित्तीय पतन रोक्नका लागि विद्यमान नियमहरूलाई सुधार गर्नु पर्ने बताएका छन्।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

UN facing financial crisis: Guterres

What you should know

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरू वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेको कारण विश्व निकाय वित्तीय संकटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन्। 

परिस्थितिगत गम्भीरताको विवरण सहित संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै गुटेरेसले वित्तीय नियमहरूमा सुधार गर्न वा संगठनको वित्तीय पतनको वास्तविकताको सामना गर्न आग्रह गरेका छन् ।  अल जजिराका अनुसार उनले सम्बन्धित  देशहरूलाई आफ्नो बकौैता  तिर्न पनि आह्वान गरेका छन्। 

संस्थाको वित्तीय कमजोरीलाई उजागर गर्दै प्रवक्ता फरहान हकले विगतका वर्षहरूमा गरे जस्तै काम गर्न नगद भण्डार र तरलता नभएको पत्रकारहरूलाई बताएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि वासिङ्टनको आर्थिक सहयोग कटौती गर्न कदम चालेको समयमा यो अपिल आएको हो । ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका धेरै एजेन्सीहरूबाट फिर्ता हुने योजना घोषणा गरेको छ भने ट्रम्पले ‘बोर्ड अफ पिस’ को पहललाई पनि बढावा दिएको जनाइएको छ ।

विद्यमान प्रणाली अन्तर्गत, संयुक्त राष्ट्रससंघको सदस्यता शुल्क घरेलु उत्पादन, ऋण स्तर र आर्थिक क्षमता जस्ता कारकहरूको आधारमा गणना गरिन्छ, जसमा संयुक्त राज्य अमेरिकाले मुख्य बजेटको २२ प्रतिशत, भने चिनले २० प्रतिशत योगदान गर्दछ ।

यसैबीच गुटेरेसले सन् २०२५ को अन्त्यमा, एक अर्व ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी रहेको बताएका छन् । 

सुधारको आवश्यकतालाई जाड दिदै, उनले सबै सदस्य राष्ट्रहरूले पूर्ण र समयमै भुक्तानी गर्ने आफ्नो दायित्वका पूरा गर्नु पर्ने वा  सदस्य राष्ट्रहरूले आसन्न वित्तीय पतन रोक्नका लागि विद्यमान नियमहरूलाई सुधार गर्नु पर्ने बताएका छन्। 

आर्थिक दबाब बढ्दै जाँदा पनि संयुक्त राष्ट्रसंघले यस महिनाको सुरुमा सन् २०२६ का लागि तीन अर्व ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गत वर्षको तुलनामा ७ प्रतिशतले कम हो ।

सम्बोधन पत्रमा गुटेरेसले आगामी जुलाईसम्ममा संयुक्त राष्ट्रसंघको नगद भण्डारण समाप्त हुने सक्ने चेतावनी दिएका छन्। 

सङ्गठनको वेबसाइटमा प्रकाशित तथ्यांकले बिहीबारसम्म, संयुक्त राष्ट्रका १९३ सदस्य देशहरू मध्ये ३६ वटा ले मात्र आफ्नो नियमित २०२६ योगदानहरू पूर्ण रूपमा भुक्तान गरेको देखाउँछ । रासस/एएनआई

कान्तिपुर संवाददाता

Link copied successfully