जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । ‘हामी क्यानडियन सामाग्री किन्ने छौं । हामी क्यानडालाई बनाउनेछौं,’ शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो अर्थतन्त्रलाई विदेशबाट चुनौती छ । क्यानेलीहरुले ध्यान दिनुपर्छ : हामी के कुरा नियन्त्रण गर्नसक्छौं ।’
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् ।
जवाफमा क्यानेडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै क्यानडाको अर्थतन्त्रलाइ विदेशीबाट खतरा रहेको बताए ।
‘हाम्रो अर्थतन्त्रलाई विदेशबाट चुनौती छ । क्यानेलीहरुले ध्यान दिनुपर्छ : हामी के कुरा नियन्त्रण गर्नसक्छौं,’ उनले भने,‘क्यानडाका व्यवसायलाई सहयोग गरौं । आवासिय भव र ठूला परियोजनाका पूर्वाधारहरु क्यानडाको प्रविधि र क्यानडाकै जनशक्ति प्रयोग गरेर बनाऔं । अरु देशका कामलाई हामीले नियन्त्रण गर्न सक्दैंनौ । तर, हामी आफ्नो उत्कृष्ट उपभोक्ता हुनसक्छौं । क्यानडियन सामाग्री किन्नुस्, क्यानडामै बनाउनुस् । मिलेर क्यानडालाई बलियो बनाऔं ।’
यसअघि सामाजिक सञ्जालमा ट्रम्पले चीनबाट आउने सामाग्रीलाई अमेरिका पठाउने योजना क्यानडाले बनाएको आरोप लगाएका थिए । ‘यदी कार्नेले क्यानेडालाई चीनबाट आउने सामाग्री थन्काउने बन्दरगाह (ड्रप अफ पोर्ट) बनाउने र ती सामाग्री अमेरिकामा पठाउने सोचेका छन् भने उनी गलत छन् ,’ उनले लेखेका छन् । गत वर्ष ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेर आएपछि क्यानडासँग उनको सम्बन्ध निरन्तर बिग्रदों छ ।
ट्रम्पले भन्सार शुल्क बढाउने निर्णय गरेपछि क्यानडाले बिस्तारै व्यापारको नयाँ विकल्पबारे सोच्न थालेको थियो । क्यानडाका प्रधानमन्त्री कार्नेले बेइजिङ भ्रमण गर्दै चीनसँग सन् २०१८ देखि बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन पहल गरेका छन् । उक्त भ्रमणकै दौरान चीनबाट आउने विद्युतीय गाडीमा क्यानडाले लगाउँदै आएको कर घटाउने सहमति बनेको छ । बदलामा, चीनले पनि क्यानडोबाट आउने कृषिजन्य उत्पादनमा भन्सार शुल्क कम गरेको छ ।
क्यानडा–अमेरिका व्यापार मामिला हेर्ने मन्त्री डोमिनिक लेब्लान्कले चीन र क्यानडाबीच धेरै सवालहरुमा समझदारी बनेको बताए । तर, स्वतन्त्र व्यापार सम्झौताको कुनै योजना नरहेको उनले बताए ।
ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने ट्रम्पको सोचले नाटो गठबन्धनमा संकट निम्तिएका बेला एकपछि अर्को देश अमेरिकासँग दूरी बनाउँदैछन् । यसै साता स्विचरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक फोरमको बैठकमा ट्रम्पले भनेका थिए, ‘अमेरिकाले भएकाले नै क्यानडा बाँचेको छ ।’
जवाफमा कार्नेले भनेका थिए, ‘ विश्वले तानाशाही प्रवृत्तिसँग बाँधिरहनुपर्ने बाध्यता छैन, क्यानडा यसको उदाहरण हो । अमेरिका भएकाले क्यानडा बाँचेको होइन । हामी क्यानडेली भएकाले फक्रिएको हो ।’
यसपछि रिसाएका ट्रम्पले गाजा संकट समाधानका लागि बनाएको ‘शान्ति कमिटी’ मा बस्न कार्नीलाई गरिएको पूर्व निमन्त्रणा खारेज भएको बताएका थिए । ट्रम्पले पटक–पटक क्यानडाको सार्वभौमसत्ताको अवमुल्यन गर्दै आएका छन् । उनले केही समयअघि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न आग्रह गरेका थिए । गत सातामात्रै उनले सामाजिक सञ्जालमा एआई निर्मित अमेरिकाको नयाँ नक्सा राखेका थिए । जसमा क्यानडा, भेनेजुएला, ग्रिनल्यान्ड र क्युवामा अमेरिकाको झन्डा अंकित थियो ।
शनिबार आफ्नो यही आक्रामक स्वभावलाई ट्रम्पले फेरि एकपटक उजागर गरे । उनले कार्नेलाई ‘गभर्नर कार्ने’ भनेर सम्बोधन गरे । यसअघि पूर्व क्यानडेली प्रधानमन्त्री ‘जस्टिन ट्रुडो’लाई पनि उनले यसरी नै सम्बोधन गरेका थिए ।
मोन्ट्रियल लस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक शास्त्रका प्रोफेसर डेनियल बिलान्द ट्रम्पको हेपाहा प्रवृत्ति कायमै रहेको बताउँछन् । ‘सुरुवाती दिनमा ट्रम्पले ट्रुडोको दाँजोमा कार्नेलाई केही सम्मान देखाएजस्तो देखिथ्यों । तर अहिले कार्नेको चीन भ्रमण र डाभोसमा उनले दिएको उत्कृष्ट भाषणपछि ट्रम्प चिढिएका छन् । उनी आफ्नै चरित्रमा फर्किएका छन् र पहिलेजस्तै गाली दिन थालेका छन्,’ उनले भने ।
ट्रम्प नेतृत्वको अमेरिकालाई काउन्टर दिनसक्ने नेताका रुपमा कार्ने उदाएका छन् । डाभोसमा ट्रम्पभन्दा पहिले उनले भनेका थिए, ‘मध्यम स्तरका शक्तिहरुले मिलेर का मगर्नुपर्छ । किनकी, यदी तपाई टेबुलमा बस्नुभएन भने मेनुमै सिमित रहनुपर्छ ।’ उनले ठूला शक्तिहरुले दिने दबाबबारे भनेका थिए । भाषणले उनको चौतर्फी प्रशंसा भएको छ ।
तर, ट्रम्प कार्नेसँग चिढिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा लेखे, ‘चीनले क्यानडालाई जिउँदै निल्नेछ । पूर्ण उपभोग गर्नेछ । उनीहरुको व्यवसाय, समाज र जनजीवनमै विध्वंश निम्त्याउनेछ ।’ अर्को पोस्टमा फेरि उनले लेखे, ‘दुनियाँले चाहेको अन्तिम कुरा चीनले क्यानडा लेओस् भन्ने हो । तर, यो हुनेवाला छैन । यसको कुनै छाँट पनि देखिनेवाला छैन ।’
क्यानडाको अर्थतन्त्रमा प्रभाव पार्नेगरी अमेरिकाले कर बढाएयता दुई पक्षबीच कुनै वार्ता हुन सकेको छैन । तर, पनि क्यानडा–अमेरिका–मेक्सिको सम्झौताले धेरै हदसम्म क्यानडालाई संरक्षण दिएको छ । यस सम्झौतामा अमेरिकाले सहजै एकतर्फी भन्सार शुल्क बढाउन नपाउने, अन्यायपूर्ण ढंगले वृद्धि गरिएमा क्यानडाले उजूरी गर्नसक्नेलगायत प्रावधान छन् । यो सम्झौता यसै वर्ष पुनरावलोकन हुनेवाला छ ।
चीनसँग विगतमा क्यानडाको सम्बन्ध राम्रो थिएन । विशेषगरी ट्रम्पले पहिलो कार्यकालमा चीनसँग व्यापार युद्ध थाल्दा क्यानडाले पनि साथ दिएको थियो । सन् २०१९मा क्यानडाले चीनबाट आउने इलेक्ट्रोनिक गाडीमा १ सय प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यस्तै स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार शुल्क लगाइएको थियो । चीनले जवाफमा क्यानडाबाट आउने कानोला तेल, सुगुँरको मासु र समुद्री खानामा २५ प्रतिशत भन्सार लगाउने निर्णय गरेको थियो ।
तर, दोस्रो कार्यकालमा ट्रम्पले छिमेकी क्यानडामाथि पनि भन्सार शुल्क वृद्धि गरे । यसपछि क्यानडाले अमेरिकाबाहिर आफ्नो हित खोज्न थाल्यो । प्रतिफलस्वरुप, यसै महिनाको सुरुवातमा बेइजिङ भ्रमणका क्रममा प्रधानमन्त्री कार्नेले नयाँ सम्झौतामा हस्ताक्षर गरे । य सम्झौताले झन्डै ४९ हजार थान चिनियाँ इलेक्ट्रिक गाडी क्यानडामा निर्यात गर्ने तथा क्यानडाबाट कानोला तेल र अन्य कृषि सामाग्री भित्र्याउने लक्ष्य राखेको छ ।
अमेरिकाका ५० मध्ये ३६ राज्यमा क्यानडा प्रमुख निर्यातकर्ता हो । क्यानडा–अमेरिकाबीच प्रति दिन औसत २ दशमलव ७ बिलियन डलर बराबरको सामाग्री तथा सेवाको द्विपक्षीय व्यापार हुनेगर्छ ।
अमेरिकाले आयात गर्ने क्रुड तेलमध्ये ६० प्रतिशत क्यानडाबाट आउँछ । त्यस्तै कुल आयातको ८५ प्रतिशत बिजुली क्यानडाबाट आउँछ । अमेरिकामा सबैभन्दा धेरै स्टिल, आल्मुनियम र युरानियम क्यानडाबाटै आउँछ । अमेरिकाले लगानी गर्न चाहेका दुर्लभ खनिजमध्ये ३४ वटा क्रिटिकल मिनिरल्स तथा धातु क्यानडामा पाइन्छन् ।
