चीनको जीडीपी ५ प्रतिशतले वृद्धि

चीनले पछिल्ला वर्षहरूमा एआई र अन्य अत्याधुनिक प्रविधिको विकासलाई प्राथमिकतामा राखेको छ । यहाा ठूला–ठूला टेक कम्पनी खुलिरहेका छन् । 

माघ ६, २०८२

कान्तिपुर संवाददाता

China's GDP grows by 5 percent

काठमाडौँ — चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ मा ५ प्रतिशतले बढेको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार सार्वजनिक गरेको आँकडाअनुसार २०२५ मा जीडीपी २० दशमलव १३ ट्रिलियन डलर (१ सय ४० दशमलव १९ ट्रिलियन युआन) पुग्यो । यससँगै वार्षिक ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा भएको ब्युरोले जनाएको छ । 

सन् २०२४ को दाँजोमा २०२५ को चौथो चौमासिकमा चीनको जीडीपी ४.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, पहिलो चौमासिकमा ५.४ प्रतिशत, दोस्रोमा ५.२ र तेस्रो ४.८ प्रतिशतले वृद्धि भएको ब्युरोको तथ्यांकले देखाएको छ ।

डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेर आएयता अमेरिकामा चीनको निर्यात केही प्रभावित भएको छ । तर, चीनले यस अवधिमा विश्वका अन्यत्र क्षेत्रमा आफ्नो निर्यात बढाएको छ ।

चीनले पछिल्ला वर्षहरूमा एआई र अन्य अत्याधुनिक प्रविधिको विकासलाई प्राथमिकतामा राखेको छ । यहाँ ठूला–ठूला टेक कम्पनी खुलिरहेका छन् । अमेरिका र अन्य प्रतिस्पर्धीसँगको निर्भरता घटाउने लक्ष्यसहित यसमा ठूलो लगानी गरिएको हो । यस अवधिमा साना तथा मध्यम व्यवसायहरूको वृद्धिदर भने सुस्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully