चीनको जीडिपी ५ प्रतिशतले वृद्धि 

चीनले पछिल्ला वर्षहरुमा एआई र अन्य अत्याधुनिक प्रविधिको विकासलाई प्राथमिकतामा राखेको छ । यहाँ ठूला-ठूला टेक कम्पनी खुलिरहेका छन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

China's GDP grows by 5 percent

What you should know

काठमाडौँ — चीनको कुल ग्राहस्थ उत्पादन (जिडिपी) सन् २०२५ मा ५ प्रतिशतले बढेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार सार्वजनिक गरेको आँकडाअनुसार २०२५ मा जिडिपी २० दशमलव १३ ट्रिलियन डलर (१ सय ४० दशमलव १९ ट्रिलियन युआन) पुग्यो । 

यससँगै वार्षिक ५ प्रतिशत वृद्धिको लक्ष्य पूरा भएको ब्युरोले जनाएको छ । त्यस्तै, इतिहासमै पहिलोपटक १ सय ४० ट्रिलियन युआजको थ्रेसहोल्ड पार भएको छ । 

सन् २०२४ को दाँजोमा २०२५ को चौथो चौमासिकमा चीनको जीडिपी ४.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, पहिलो चौमासिकमा ५.४ प्रतिशत, दोस्रोमा ५.२ र तेस्रो ४.८ प्रतिशतले वृद्धि भएको ब्युरोको तथ्यांकले देखाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको व्यापार युद्ध र भन्सार शुल्क वृद्धिका बाबजुद पनि चीनले आफ्नो पूर्व निर्धारित लक्ष्य भेट्याएको हो । 

ट्रम्प राष्ट्रपति बनेर अमेरिकामा आएयता अमेरिकामा चीनको निर्यात केही प्रभावित भएको छ । तर, चीनले यस अवधिमा विश्वका अन्यत्र क्षेत्रमा आफ्नो निर्यात बढाएको छ । 

चीनले पछिल्ला वर्षहरुमा एआई र अन्य अत्याधुनिक प्रविधिको विकासलाई प्राथमिकतामा राखेको छ । यहाँ  ठूला-ठूला टेक कम्पनी खुलिरहेका छन् । अमेरिका र अन्य प्रतिस्पर्धीसँगको निर्भरता घटाउने लक्ष्यसहित यसमा ठूलो लगानी गरिएको हो । यस अवधिमा  साना तथा मध्यम व्यवसायहरूको वृद्धिदर भने सुस्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully