युएई स्थिरता र समृद्धिप्रति प्रतिबद्ध छ : युएईका राष्ट्रपति

जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सन्देश जारी गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

UAE committed to stability and prosperity: UAE President

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् ।

जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सामाजिक सञ्जाल 'एक्स'मा सन्देश पोस्ट गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए ।

'यस एकताको दिवसमा हामी युएईको दीर्घकालीन दृढता र यसको जनताको साहस तथा संकल्पको स्मरण गर्छौं,' उनले लेखेका छन् । उनले थप लेखेका छन्, 'एकता र दृढ संकल्पले चिन्हित' यो भावनाले राष्ट्रलाई चुनौतीहरू पार गर्न, अवसरहरू समात्न र अझ सुरक्षित तथा समृद्ध भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढ्न निरन्तर सशक्त बनाइरहेको छ ।

युएई नेपालीको प्रमुख रोजगार गन्तव्य हो । युएईमा ७ लाख नेपाली कार्यरत छन् ।  

कान्तिपुर

Link copied successfully