नेपालसहित ७५ देशलाई अमेरिकाको आप्रवासन भिसामा रोक, किन लगाइयो ? कस्तो असर गर्छ ?

स्थायी रुपमा अमेरिका गएर बसोबास गर्न चाहनेलाई असर गर्नेछ । पर्यटन भिसा वा छोटो अवधिको भिसाका लागि यसले असर गर्नेछैन ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

US bans immigration visas to 75 countries, including Nepal, why was it imposed? What impact will it have?

What you should know

काठमाडौँ — अमेरिकी अधिकारीहरुले नेपालसहित ७५ मुलुकका आवेदकहरुको आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेका छन् ।

अमेरिकी विदेश विभागले ७५ वटा देशमा आप्रवासी भिसा आवेदन बन्द गर्नका लागि निर्देशन दिइसकेको छ । यो निर्णय २१ जनवरीदेखि ल्याटिन अमेरिका, क्यारेबियन, बाल्कन, दक्षिण एशिया, अफ्रिका र मध्यपूर्वका देशहरुमा लागू हुनेछ ।

यसले ती व्यक्तिहरुलाई मात्रै असर गर्नेछ, जो स्थायी रुपमा अमेरिका गएर बसोबास गर्न चाहन्छन् । पर्यटन भिसा वा छोटो अवधिको भिसाका लागि यसले असर गर्नेछैन । 

अमेरिकी जनताका लागि ल्याइएका लोककल्याणकारी सुविधाको दुरुपयोग गरेको भन्दै उनीहरुमाथि रोक लगाइएको हो । यस विषयमा पुनर्मुल्याङकन गरिने विदेश विभागले जनाएको छ । 

‘अमेरिकी जनताको  धन निकाल्न खोज्नेलाई मध्यनजर गर्दै ट्रम्प प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोगलाई अन्त्य गर्दै छ,’ विभागले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘७५ देशहरुबाट आप्रवासी भिसा प्रक्रियालाई रोकिनेछ । लोककल्याण र सार्वजनिक सुविधाहरु लिन चाहने विदेशी नागरिकहरुको प्रवेश रोक्नका लागि विदेश विभागले आप्रवासन प्रक्रियाहरुको पुनर्मुल्यांकन गर्दैछ ।'

विदेश विभागका अनुसार प्रभावित देशका मानिसले पनि अझै आप्रवासन भिसाका लागि आवेदन दिनसक्छन् । तर स्थगन अवधिसम्म कुनै पनि भिसा स्विकृत हुने वा जारी हुनेवाला छैन । कति समयसम्म यो स्थगन कायम रहन्छ भन्ने पनि कुनै संकेत छैन । 

यसअघि गत सोमबार विदेश विभागले सन् २०२५ मा १ लाखभन्दा धेरै मानिसको भिसा खारेज गरिएको जनाएको थियो । यसमा ओभरस्टे गर्ने पर्यटक, आपराधिक कार्यमा सहभागि मानिस, मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्तिलगायत थिए ।  पर्यटक, विद्यार्थी र विशिष्टकृत कामदारको भिसा रद्द गरिएको थियो । 

आप्रवासन भिसा स्थगित भएको देशहरू : 

अमेरिका महादेश

-एन्टिगुआ र बर्बुडा

-बाहामास

-बार्बाडोस

-बेलिज

-ब्राजिल

-कोलम्बिया

-क्युबा

-डोमिनिका

-ग्रेनाडा

-ग्वाटेमाला

-हैटी

-जमैका

-निकारागुवा

-सेन्ट किट्स र नेभिस

-सेन्ट लुसिया

-सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स

-उरुग्वे

युरोप

-अल्बानिया

-बेलारुस

-बोस्निया र हर्जगोभिना

-कोसोभो

-मोल्डोभा

-मोन्टेनेग्रो

-उत्तर म्यासेडोनिया

-रुस

एसिया-प्रशान्त

-नेपाल

-अफगानिस्तान

-बंगलादेश

-भुटान

-पाकिस्तान

- अर्मेनिया

-अजरबैजान

-कम्बोडिया

-फिजी

-जर्जिया

-इरान

-इराक

-जोर्डन

-कजाकिस्तान

-कुवेत

-किर्गिजस्तान

-लाओस

-लेबनान

-मङ्गोलिया

-म्यानमार

-सिरिया

-थाइल्याण्ड

-उज्बेकिस्तान

-यमन

अफ्रिका

-अल्जेरिया

-क्यामरून

-केप भर्डे

-कोट डिुइभोर

-डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

-इजिप्ट

-एरिट्रिया

-इथियोपिया

-घाना

-गिनी

-लाइबेरिया

-लिबिया

-मोरक्को

-नाइजेरिया

- रिपब्लिक अफ कङ्गो 

-र्वान्डा

-सेनेगल

-सिएरा लियोन

-सोमालिया

-दक्षिण सुडान

-सुडान

-तान्जानिया

-गाम्बिया

-टोगो

-ट्युनिसिया

-युगान्डा

कान्तिपुर

Link copied successfully