राजधानी बैंककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताहरूले क्षतिग्रस्त रेलका डिब्बाहरूमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
What you should know
थाइल्यान्ड — थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ३२ पुगेको अधिकारीहरूले बताएका छन् ।
राजधानी बैंककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताहरूले क्षतिग्रस्त रेलका डिब्बाहरूमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू मध्ये एक ‘इटालियन–थाई डेभलपमेन्टल कम्पनी’ ले दुर्घटनाग्रस्तस्थलमा उच्च गतिको रेलको खण्ड निर्माण गर्ने सम्झौता गरेको थियो । कम्पनीले हालैका वर्षहरूमा यसको निर्माणस्थलमा धेरै घातक दुर्घटनाहरू व्यहोरेको छ ।
कम्पनीले मृतक र दर्जनौँ घाइतेप्रति समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई क्षतिपूर्ति दिने र उपचार खर्च बेहोर्ने बताएको छ ।
थाई स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझसम्ममा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना हराइरहेका छन् । घटनामा परी घाइते भएका ६४ जनालाई अस्पताल भर्ना गरिएको छ ।
दुई वटा ठूलो विस्फोटको आवाज सुनेपछि आफू घटनास्थलमा गएको र तीन डिब्बा भएको रेलमा क्रेन खसेको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले बताए । 'क्रेन खस्दा यसबाट निस्केको धातु रेलको दोस्रो डिब्बाको बीचमा ठोक्किएको र आधा टुक्रा भएको देखिन्छ,' ५४ वर्षीय उनले एएफपीलाई बताए ।
थाइल्यान्डमा उच्च गतिको रेल सञ्जाल निर्माण गर्न चीनले सहयोग गरेको पाँच अर्ब डलरभन्दा बढी लगानीको परियोजनाको हिस्सा रहेको निर्माण स्थलमा दुर्घटना भएको हो ।
बेइजिङको विशाल बेल्ट एन्ड रोड पूर्वाधार पहलअन्तर्गत सन् २०२८ सम्ममा बैंककलाई लाओस हुँदै चीनको कुनमिङसम्म जोड्ने लक्ष्य राखिएको छ ।
परियोजनाका सल्लाहकार इन्जिनियरिङ परामर्शदाता थिराचोटे रुजिविफाटले एएफपीसँग भने, 'क्रेन खस्नुमा इटालियन–थाई डेभलपमेन्ट जिम्मेवार रहेको बताउनुभयो ।'
थाइल्यान्डको सरकारी रेल सञ्चालक निकायले १५ दिनभित्र सत्यतथ्य खोज गर्न समिति गठन गर्ने र ‘दोषीहरूलाई कानुनको पूर्ण दाएरामा ल्याइने बताएको छ ।
रेल सञ्चालकले अनुसन्धान पूरा नभएसम्म इटालियन–थाईलाई निर्माण कार्य रोक्न आदेश दिएको पनि बताएको छ ।
