ट्रम्पले आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ भन्दै तस्बिर सार्वजनिक गरे

उनले ट्रुथ सोसलमा विकिपिडियाको स्क्रिनसटजस्तो देखिने तस्बिर सेयर गरेका हुन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Trump posts photo calling himself 'acting president' of Venezuela

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ उल्लेख गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा विकिपिडियाको स्क्रिनसटजस्तो देखिने तस्बिर सेयर गरेका हुन् ।

उक्त तस्बिरमा ट्रम्पको आधिकारिक फोटोमुनि पदको विवरणमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको देखिन्छ । कुनै क्याप्सन नराखी पोस्ट गरिएको तस्बिरलाई केही घण्टामै १७ हजारभन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् भने चार हजारभन्दा बढीले रिट्रुथ गरेका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको एक सातासमेत नबित्दै ट्रम्पको यस्तो पोस्ट सार्वजनिक भएको हो । मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा डेल्सी रोड्रिगेज हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेकी छन् ।

कान्तिपुर

Link copied successfully