हवाई क्षेत्र उल्लङ्घनको आरोपमा सियोलसँग उत्तर कोरियाद्वारा स्पष्टीकरण माग

उत्तर कोरियाले ड्रोनलाई गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर पनि सार्वजनिक गरेको थियो

पुस २७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — उत्तर कोरियाले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको आरोप दक्षिण कोरियामाथि लगाएको छ ।

सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो जोङले यस विषयमा दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गरेकी छिन् । 

दक्षिण कोरियाबाट उडेको ड्रोन उत्तर कोरियाली भूभागमा प्रवेश गरेको आरोप उनको छ ।  १ जनवरीमा उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती काउन्टी गाङवाबाट उडेको एक मानव रहित हवाई यान उत्तर कोरियाली सहर केसोङमा प्रवेश गरेको जनाएको थियो ।

उक्त ड्रोनलाई गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर पनि सार्वजनिक गरेको थियो । तर सियोलले यो आरोप अस्वीकार गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत उक्त ड्रोन दक्षिण कोरियाली सेनाले प्रयोग गर्ने मोडेल नभएको स्पष्ट पारेको छ ।

कान्तिपुर

Link copied successfully