ईरानको आन्दोलनमा थप दमन गर्ने खामेनाईको चेतावनी

अमेरिकामा रहेको इरानी अधिकार समूह मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार २८ डिसेम्बरमा इरानमा प्रदर्शन सुरु भएदेखि कम्तिमा ६२ जनाको मृत्यु भएको छ ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Khamenei warns of further crackdown on Iranian protests

काठमाडौँ — इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा तेहरानमा आन्दोलन चलिरहेको बताएका छन् । सरकारी अधिकारीहरूले कडा दमन गरेर यस प्रदर्शनलाई मत्थर गर्ने चेतावनी उनले दिए ।

उनले यस्तो विरोध प्रदर्शनको सामना गर्नका लागि राष्ट्रवादी शक्तिहरुबीच एकता आवश्यक रहेको बताएका छन् । 

शुक्रबार इरानी सरकारी टिभीमार्फत उनले यस्तो आव्हान गरेका हुन् ।  खामेनीले प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्ने काम गरिरहेको बताए ।

उनले सार्वजनिक सम्पत्तिमा आक्रमण गर्नेहरुलाई ‘विदेशीका लागि काम गर्ने भाडाका सैनिकका रुपमा व्याख्या गरे ।  ट्रम्पको हात इरानीहरुको रगतले रंगिएको उनले बताए । 

अमेरिकामा रहेको इरानी अधिकार समूह मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार २७ डिसेम्बरमा इरानमा प्रदर्शन सुरु भएदेखि कम्तिमा ६२ जनाको मृत्यु भएको छ ।

यसमा  १४ सुरक्षाकर्मी र ४८ प्रदर्शनकारीहरू छन् । राष्ट्रपति मसूद पेजेश्कियानले संयम अपनाउन आग्रह गरेका छन् । 

कान्तिपुर

Link copied successfully