भारतको हिमाचलमा बस दुर्घटना, मृतकको संख्या १४ जना पुग्यो

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।

पुस २६, २०८२

सिन्ह्वा

Bus accident in Himachal, India, death toll rises to 14

नयाँदिल्ली — उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएकामध्ये केहीको अवस्थामा गम्भीर छ ।  

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर ५०० मिटर गहिरो गल्छीमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । 

अधिकारीहरूका अनुसार बसमा ६६ जना यात्रुहरु सवार थिए भने बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । 

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ ।

सिन्ह्वा

Link copied successfully