फिलिपिन्समा फोहोर फाल्ने स्थान भासिँदा दुईको मृत्यु, दर्जनौँ बेपत्ता

बिहीबार सेबु शहरको एक निजी रूपमा सञ्चालित ‘बिनालिव ल्यान्डफिल’ मा फोहोरको ठूलो थुप्रो भासिँदा करिब ५० जना सफाई कर्मचारीहरू पुरिएका थिए ।

पुस २५, २०८२

रासस

Two dead, dozens missing after Philippines garbage dump collapses

What you should know

फिलिपिन्स — उद्धारकर्मीहरूले शुक्रबार मध्य फिलिपिन्सको फोहोर फाल्ने स्थल (ल्यान्डफिल) भासिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दर्जनौँ व्यक्ति भग्नावशेषमा पुरिएका छन् । 

बिहीबार सेबु शहरको एक निजी रूपमा सञ्चालित ‘बिनालिव ल्यान्डफिल’ मा फोहोरको ठूलो थुप्रो भासिँदा करिब ५० जना सफाई कर्मचारीहरू पुरिएका थिए । 'घटनास्थलमा अझै पनि मानिसहरू जीवित रहेका सङ्केतहरू भेटिएका छन्,' सेबुका मेयर नेस्टर आर्किभलले शुक्रबार सञ्चारकर्मीलाई सूचना दिन गर्रिको संक्षिप्त भेटमा भने, 'पहिले नै घटनास्थलमा सयौँ उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी गरिरहेका छन् भने उद्धारका लागि थप ५०० जनशक्ति परिचालित गरिएको छ ।'

उनले आइतबारसम्म वेपत्ताहको खोजी र उद्धार प्रयासलाई जारी राखिने बताए । घटनास्थलमा ‘कम्प्याक्टर’ सञ्चालन गर्ने रिता कोगेले आफू बसेको भवन भत्किनुभन्दा केही क्षण अघि पानी पिउन बाहिर निस्केकोले आफू बच्न सफल भएको तर धेरै मानिस त्यसमा फसेको बताए । 

४९ वर्षीय कोगेले भने, 'म पानी खान बाहिर गएको थिए । एक्कासी ठूलो दुर्घटनाको आवाज सुनियो । मैले हेलिकप्टर दुर्घटनाग्रस्त भयो भन्ने सोचेको थिएँ तर जब म फर्किएँ, त्यहाँ फोहोर र भवन भत्किरहेको थियो। म सुरक्षित स्थानमा भागेँ ।'

कोगेले भने, 'भग्नावशेषबाट ‘सहयोगका लागि बोलाइरहेको’ केही सहकर्मीलाई उद्धार गरी अस्पताल पठाइएको छ ।'

एक २५ वर्षीय इन्जिनियरको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको नगरप्रमुखले आफ्नो फेसबुक पेजमा जानकारी दिएका छन् उनले साझा गरेको पोस्टमा दुई जनाको मृत्यु भएको र अन्य ३६ जना अझै हराइरहेका बताए । 

फोहोरबाट कम्तीमा १२ जना कर्मचारीलाई जिउँदै निकालिएको छ र अस्पतालमा भर्ना गरिएको छ । सहरका सहायक जनसूचना अधिकारी जेसन मोराटाले फोहोर फाल्ने पहाड अनुमानित चार तला अग्लो रहेको बताए । 

प्रहरीले जारी गरेको हवाई तस्बिरमा फोहोरको बोझले थिचिएको कैयौँ संरचनाहरू देखिएको छ । 

सन् २००० को जुलाईमा हजारौँ मैला सफा गर्नेहरूको बसोबास रहेको मनिलास्थित छाप्राहरूमा फोहोरको पहिरोले गर्दा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यो त्रासदी फिलिपिन्सको इतिहासमा सबैभन्दा खराब घटना थियो । त्यसपछि फोहोर व्यवस्थापनको राम्रो नियमनको लागि महिनौँपछि कानून पारित भएको थियो ।

रासस

Link copied successfully