आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

तथ्याङ्क कार्यालयकाअनुसार आगामी आर्थिक वर्षमा भारतको नोमिनल जीडीपी ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

India's GDP is projected to grow by 7.4 percent in the fiscal year 2025-26

काठमाडौँ — भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५–२६ (१ अप्रिल २०२५ देखि ३१ मार्च २०२६) मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्रक्षेपण अघिल्लो आर्थिक वर्षको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर भन्दा माथि रहेको छ । 

तथ्याङ्क कार्यालयकाअनुसार आगामी आर्थिक वर्षमा भारतको नोमिनल जीडीपी ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

भारतीय अर्थतन्त्रको यो विस्तारमा मुख्यतया सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने औंल्याइएको छ । सेवा क्षेत्रमा देखिएको निरन्तरको उत्साहजनक वृद्धिले समग्र अर्थतन्त्रलाई गति दिएको एनएसओले जनाएको छ । 

यो प्रक्षेपणले भारतीय अर्थतन्त्र सुधारको बाटोमा रहेको र आन्तरिक माग तथा सेवा क्षेत्रको प्रदर्शन बलियो रहेको सङ्केत गर्दछ ।

कान्तिपुर

Link copied successfully