महिला र बालबालिकाको नग्न तस्बिर बनाएको भन्दै एलन मस्कको 'ग्रोक' विवादमा 

डिसेम्बर २५ देखि जनवरी १ सम्म ग्रोकले उत्पादन गरेका मानिसका तस्बिरमध्ये ५३ प्रतिशत बिकिनी वा भित्री लुगामा थिए 

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Elon Musk's 'Grock' in controversy for taking nude photos of women and children

What you should know

काठमाडौँ — इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र यौनजन्य मुद्रामा देखाउने क्रम बढेको पाइएको छ । अझ गम्भीर कुरा त के छ भने, केही प्रयोगकर्ताले बालबालिकाका समेत अश्लील तस्बिरहरू सिर्जना गर्न ग्रोकको प्रयोग गरेको भेटिएको छ, जसलाई धेरैले 'चाइल्ड पोर्नोग्राफी' को संज्ञा दिएका छन् ।

गुगलको 'जेमिनाई' वा ओपन एआईको 'च्याटजीपीटी' जस्ता प्रतिस्पर्धी मोडलहरूको तुलनामा ग्रोकमा सुरक्षा मापदण्ड नभएको विज्ञहरूको दाबी छ । मस्कले सुरुदेखि नै एआईमा 'सेन्सरसिप' को विरोध गर्दै आएका छन् । उनले ग्रोकलाई 'स्पाइसी मोड'मा सञ्चालन गर्न अनुमति दिएका कारण यस्ता सामग्री सिर्जना गर्न सजिलो भएको बताइन्छ ।

गुगलको 'जेमिनाई' वा ओपन एआईको 'च्याटजीपीटी' जस्ता प्रतिस्पर्धी मोडलहरूको तुलनामा ग्रोकमा सुरक्षा मापदण्ड नभएको विज्ञहरूको दाबी एआई फरेन्सिक नामक संस्थाले गरेको अनुसन्धान अनुसार, डिसेम्बर २५ देखि जनवरी १ सम्म ग्रोकले उत्पादन गरेका मानिसका तस्बिरमध्ये ५३ प्रतिशत बिकिनी वा भित्री लुगामा थिए । तीमध्ये ८१ प्रतिशत महिलाका तस्बिर थिए भने करिब २ प्रतिशत तस्बिर १८ वर्ष मुनिका बालबालिका जस्ता देखिने गरी बनाइएका थिए ।

ग्रोकबाट सिर्जना भइरहेका यस्ता सामग्रीलाई लिएर युरोपेली युनियन, बेलायत, भारत र मलेसियाले चासो देखाएका छन् । युरोपेली आयोगका प्रवक्ता थोमस रेनिएरले यसलाई 'घृणित र गैरकानुनी' भन्दै युरोपमा यस्ता गतिविधिका लागि कुनै स्थान नभएको बताएका छन् । यस्तै, भारत सरकारले पनि यस विषयमा प्राविधिक र प्रशासनिक समीक्षा गर्न 'एक्स' लाई निर्देशन दिएको छ ।

अमेरिकामा पनि बालबालिकाको यौनजन्य सामग्री (सीएसएएम) विरुद्ध कडा कानुन छ । गत वर्ष मात्रै पारित भएको 'टेक इट डाउन एक्ट'ले प्रयोगकर्ताको अनुमतिबिना बनाइएका अश्लील तस्बिरहरू ४८ घण्टाभित्र हटाउनुपर्ने व्यवस्था गरेको छ ।

विवाद बढेपछि एलन मस्कले गैरकानुनी सामग्री बनाउनेहरूले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । एक्सको आधिकारिक सेफ्टी एकाउन्टले भनेको छ, 'हामी बालबालिकामाथिको यौन दुर्व्यवहार झल्काउने सामग्री हटाउन, त्यस्ता खाताहरू स्थायी रूपमा निलम्बन गर्न र सुरक्षा निकायहरूसँग सहकार्य गर्न प्रतिबद्ध छौँ ।'

यद्यपि, एक्सएआईको सुरक्षा टोलीबाट केही प्रमुख सदस्यहरूले राजीनामा दिएका कारण कम्पनीलाई यस्ता सामग्री नियन्त्रण गर्न चुनौती थपिएको स्रोतहरूले जनाएका छन् । एआई प्रविधिको दुरुपयोग रोक्न प्रभावकारी 'गार्डरेल्स' नभएसम्म समाजका कमजोर वर्ग र बालबालिकाहरू जोखिममा रहने विज्ञहरूको चेतावनी छ ।

कान्तिपुर

Link copied successfully