बेलायतमा दिउँसोको समयमा 'जंक फूड' को विज्ञापनमा प्रतिबन्ध

साँझ ९:०० बजेभन्दा पहिले प्रसारण हुने 'जंक फूड'का विज्ञापनहरू बन्द गर्दै त्यसले मोटोपनासँग बाँचिरहेका बच्चाहरूको संख्या २० हजारले घटाउने अपेक्षा राखेको बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुस २१, २०८२

एएफपी

UK bans junk food advertising during lunchtime

What you should know

लन्डन — बेलायतमा सोमबारदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न 'विश्वकै अग्रणी कार्य' भनि अर्थ्याएको छ ।

प्रतिबन्ध–चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साँझ ९:०० बजेभन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापनहरू बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाहरूको संख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ । 

यसको कार्यान्वयन–पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व–प्याकेज गरिएका वस्तुहरू जस्तै मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पेयपदार्थहरू समावेश छ ।

स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ ।

सरकारले विज्ञापनले बच्चाहरूलाई प्रभावीत पारी कम उमेरदेखि नै जंक फुड खान प्ररित गरी मोटोपना र सम्बन्धित रोगहरूको जोखिम बढाउँने तर्क प्रस्तुत गरेको छ । 

यसले बेलायतमा प्राथमिक विद्यालय सुरु गर्ने पाँच वर्ष उमेरका २२ प्रतिशत बालबालिकाहरूमा अधिक तौल वा मोटोपनले ग्रसित हुने र माध्यमिक विद्यालयमा पुग्दासम्म प्रभाव झनै बढी हुने गरेको जनाइएको छ । 

अधिकारीहरूका अनुसार सामान्यतया पाँचदेखि नौ वर्ष उमेरका साना बच्चाहरू जंक फुडको सेवनपछि दाँतको समस्या समाधानका लागि बेलायतको अस्पतालमा भर्ना हुने गरेका छन् । 

राति ९ बजेभन्दा पहिले जंक फूडका लागि विज्ञापनहरू प्रतिबन्धित गरी अस्वास्थ्यकर खानाहरूको अत्यधिक जोखिम हटाउने स्वास्थ्यमन्त्री एशले डाल्टनले विज्ञप्तिमार्फत जनाएकी छन् । 

उनले यो कदम राज्य–वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई रोगको रोकथामका साथै उपचारमा ध्यान केन्द्रित गर्ने रणनीतिको एक हिस्सा भएको बताउँदै  मानिसहरूले स्वस्थ जीवन बिताउन सकून् भन्ने अभिप्रायले गरेको बताएकी छन् । 

ओबेसिटी हेल्थ अलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चाहरूलाई उनीहरूको स्वास्थ्यलाई हानि पुर्‍याउने अस्वस्थ्यकर खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागतयोग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताएकी छन् । 

परोपकारी संस्था 'डायबिटिज युके' ले पनि विज्ञापन प्रतिबन्धलाई स्वागत गरेको छ । 

एएफपी

Link copied successfully