न्युयोर्कको अदालतमा मदुरोले भने– ‘म निर्दोष छु’

म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएका हुन् ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Maduro says in New York court: 'I am innocent'

काठमाडौँ — भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरू अस्वीकार गरेका छन् ।

बीबीसीमा प्रकाशित समाचार अनुसार म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएका हुन् ।

मदुरोविरुद्ध 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको जस्ता अभियोगहरू समावेश छन् ।

जेलको नीलो बर्दीमा अदालत उपस्थित भएका ६३ वर्षीय मदुरोले न्यायाधीशसामु आफू एक 'सभ्य मानिस' र आफ्नो देशको निर्वाचित राष्ट्रपति भएको दाबी गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully