अमेरिकी संघीय अदालतको अभिलेख अनुसार मदुरोले आफ्नो कानुनी प्रतिरक्षाका लागि ब्यारी जोएल पोल्याकलाई नियुक्त गरेको बीबीसीले लेखेको छ ।
काठमाडौँ — विकिलिक्सका संस्थापक जुलियन असान्जका अधिवक्ता ब्यारी जोएल पोल्याकले निकोलस मदुरोको पक्षमा बहस गर्ने भएका छन् ।
अमेरिकी संघीय अदालतको अभिलेखअनुसार मदुरोले आफ्नो कानुनी प्रतिरक्षाका लागि पोल्याकलाई नियुक्त गरेको बीबीसीले लेखेको छ । पोल्याक तिनै चर्चित वकिल हुन्, जसले लामो समयसम्म असान्जको पक्षबाट मुद्दा लडेका थिए ।
असान्जलाई अमेरिका सुपुर्दगी गर्ने प्रयासविरुद्धको कानुनी लडाइँमा पोल्याकको भूमिका महत्त्वपूर्ण मानिन्छ । मदुरोले अमेरिकामा विभिन्न कानुनी चुनौतीहरू सामना गरिरहेका बेला यो उच्च प्रोफाइल नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
