भेनेजुएला-अमेरिका विवाद, ट्रम्पको सपथदेखि काराकास आक्रमणसम्म (टाइमलाइन)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सत्तामा आएयता भेनेजुएला र अमेरिकाबीचको सम्बन्ध निकै खराब छ । ड्रग्सको अवैध व्यापार, तेलको व्यापार, आप्रवासन र रणनीतिक स्वार्थले दुई देशबीचको सम्बन्ध खराब भएको हो ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

एजेन्सी —  भेनेजुएलामा अमेरिकाको आक्रमणपछि संकटकाल घोषणा भएको छ । राष्ट्रपति निकोलास मदुरोले संकटकाल घोषणा गरेका हुन् ।

अमेरिकाले आफ्नो देशको तेल र खनिजहरु लैजानका लागि आक्रमण गरेको मदुरोले बताए । डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएर आएयता अमेरिका र भेनेजुएलाबीच सम्बन्ध निकै खराब छ । ड्रग्स, तेल, आप्रवासन र अमेरिकाको भू-रणनीतिक स्वार्थका कारण यी दुई देशबीच टकराव हुँदै आएको छ । 

पछिल्लो विवादको टाइमलाइन (२०२५-०२६)

१० जनवरी, २०२५ : निकोलास मदुरोले लिए लगातार तेस्रो कार्यकालको सपथ ।

२१ जनवरी, २०२५ : नोभेम्बरमा सम्पन्न निर्वाचन जितेका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सपथ लिए ।

२६ फेब्रुअरी, २०२५ : बाइडेन प्रशासनले भेनेजुयलालाई तेलमा दिएको सहुलियत ट्रम्पद्वारा खारेज ।

२४ मार्च, २०२५ : भेनेजुयलासँग तेल खरिद गर्ने देशमाथि २५ प्रतिशत कर बढाउने घोषणा ।

८ अगस्ट, २०२५ : भेनेजुयलाका राष्ट्रपति आपवराधिक समुह कार्टेल दे लोस सोलेसका नेता रहेको आरोप, सुचना दिनेलाई ५ करोड पुरस्कारको व्यवस्था ।

२ सेप्टेम्बर, २०२५ : क्यारेबिनय र प्रशान्त क्षेत्रमा अमेरिकाको लागु औषध विरोधी अभियान सुरु । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप भएको भन्दै भेनेजुयलाको विरोध ।

१५ अक्टुबर, २०२५ : भेनेजुएलामा सीआईएलाई गोप्य अपरेसन सञ्चालन गर्न अनुमति दिएको ट्रम्पको खुलासा ।

१२ नोभेम्बर, २०२५ : भेनेजुएलाले देशव्यापी सैन्य अभ्यास सुरु गर्‍यो । सार्वभौमिकता जोगाउन जस्तोसुकै कदम चाल्न तयार रहेको घोषणा ।

१४ नोभेम्बर, २०२५ :  क्यारेबियन क्षेत्रम अमेरिकाद्वारा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत युएएस गेराल्ड आर फर्ड तैनाथ ।

२२ नोभेम्बर, २०२५ : सुरक्षा जोखिमका कारण भेनेजुयलाको हवाई क्षेत्र बन्द भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा । विमान कम्पनीहरुले उडान स्थगित गरे । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप भएको भेनेजुयलाको दाबी ।

१० डिसेम्बर, २०२५ : भेनेजुयला हुँदै आएको तेलको ट्यांकर अमेरिकाद्वारा कब्जा ।

३० डिसेम्बर, २०२५ : भेनेजुएलाको बन्दरगाहमा अमेरिकी गुप्तचर संस्था सिआईद्वारा डुोन हमला । 

१ जनवरी, २०२५ : अमेरिकासँग वार्ता गर्न तयार रहेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको भनाई । 

३ जनवरी, २०२५ : अमेरिकाद्वारा भेनेजुयलाको राजधानी काराकाससहितका प्रमुख शहरमा आक्रमण ।

(एजेन्सीको सहयोगमा)

कान्तिपुर संवाददाता

Link copied successfully