अमेरिकी आक्रमणपछि भेनेजुएलामा राष्ट्रिय संकट घोषणा

अन्तर्रांष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकाको रक्षा स्रोतको हवाला दिदैं अमेरिकाले नै आक्रमण गरेको दाबी गरेका छन् ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Venezuela declares national emergency after US attack

एजेन्सी — भेनेजुएलामा अमेरिकाको आक्रमणपछि संकटकाल घोषणा भएको छ । राष्ट्रपति निकोलास मदुरोले संकटकाल घोषणा गरेका हुन् ।

केही घण्टाअघि मात्रै भेनेजुएलाको राजधानी काराकाससहितका शहरमा बिस्फोटको ठूलो आवाज सुनिएको थियो । त्यसपछि आकाशको धुँवाको मुस्ला र केही हवाईजहाज देखिएका थिए ।

अन्तर्रांष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकाको रक्षा स्रोतको हवाला दिदैं अमेरिकाले नै आक्रमण गरेको दाबी गरेका छन् । 

अमेरिकाले आफ्नो देशको तेल र खनिजहरु लैजानका लागि आक्रमण गरेको मदुरोले  बताए । डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएर आएयता अमेरिका र भेनेजुएलाबीच सम्बन्ध निकै खराब छ ।

यसअघि १० डिसेम्बरमा अमेरिकाले पहिलोपटक भेनेजुएलाको तेलको ट्यांकर कब्जा गरेको थियो । त्यसको केही समयमै अर्को ट्यांकर कब्जा गरेको थियो । त्यस्तै, उसले गत सोमबार पहिलोपटक भेनेजुएलाको बन्दरगाहमा आक्रमण गरेको थियो । 

कान्तिपुर

Link copied successfully