प्रविधि र सामाजिक सञ्जालको युगमा पत्रकारहरूको व्यथा, हास्य र प्रेरणाका मिमहरू भाइरल भइरहेका छन्, जसले पाठक र पत्रकारबीच नयाँ संवादको पुल बनाएको छ।
What you should know
काठमाडौँ — सन् २०२५ नेपाली तथा विश्व पत्रकारिता क्षेत्रका लागि असाधारण चुनौतीको वर्ष बन्यो । जेनरेटिभ एआईको उदय, मिडिया हाउसमा निरन्तर पत्रकार कटौती, संस्थागत एकीकरण, खरिद बिक्री, राजनीतिक तहबाट आउने आलोचना र कहिल्यै नटुंगिने समाचार चक्रले पत्रकारहरूको पेसागत धैर्य मात्र होइन, मानसिक स्वास्थ्यसमेत परीक्षण गरिरह्यो ।
तर, यिनै दबाबबीच हास्यव्यंग्य पत्रकार समुदायलाई जोड्ने ‘डिजिटल डोरी’बन्यो । अन्तर्राष्ट्रिय मिडिया वाचडग संस्था 'पोयन्टर' ले हरेक शुक्रबार इन्स्टाग्राममार्फत सार्वजनिक गर्ने मिम पोस्टहरू २०२५ मा पत्रकारहरूबीच ‘कमेडी थेरापी’का रूपमा लोकप्रिय बने ।
हजारौँ पत्रकारले ती पोस्टहरूमा प्रतिक्रिया, सेयर र टिप्पणीमार्फत आफ्नो पेसागत पीडा हल्का व्यंग्यका साथ व्यक्त गरे । पोयन्टरका अनुसार, यी मिमले हाँसो मात्र दिएनन्, मिडिया उद्योगले भोगिरहेको ऐतिहासिक क्षणहरूको दस्तावेजसमेत बने ।
मेनस्ट्रिम मिडिया संकटग्रस्त बन्दै जाँदा, ‘लोकल न्युज इज द न्यू सुपरहिरो’ भन्ने भावलाई पत्रकारले प्रेरणादायी व्यंग्यमा बदले । मिमको सार : अब परिवर्तन काठमाडौँबाट मात्र होइन, गाउँ सहरका समाचारबाट पनि आउँछ, भविष्य आफैं लेख्नुपर्छ ।
२०२५ का खराब समाचारहरूको अविस्मरणीय सूची

वर्षभरि यति धेरै युद्ध, विवाद, विपद् र बहस आए कि २०२५ ‘अविस्मरणीय’ त बन्यो तर, राम्रो कारणले होइन । ‘यो वर्ष गज्जब थियो, तर गज्जब खराब’ भन्ने कटाक्ष यही मिमको हेडलाइन बन्यो ।
पत्रकारहरू रिपोर्टिङका लागि अडियो रेकर्ड गर्छन्, तर जब त्यो रेकर्ड प्ले गरेर आफ्नो आवाज सुन्छन् । अधिकांशलाई आफ्नो आवाज मन पर्दैन, असहज लाग्छ । यही ‘सेल्फ हेट अफ रेकर्डिङ भ्वाइस' लाई व्यंग्य गरेर बनाइएको मिम, जुन पत्रकारहरूको साझा अनुभव हो ।
न्युयोर्क टाइम्सभित्र आखिर के भयो ?

२०२५ मा न्युयोर्क टाइम्सभित्र भएका नेतृत्व, रणनीति र सम्पादकीय विवादबारे पत्रकारहरूलाई थाहा छ—केही ‘ठूलो’ भयो, तर ‘ठूलो के?’ अझै स्पस्ट छैन । ‘गुगल सर्चमा समेत उत्तर नभेटिएको प्रश्न’ यही मिमको आत्मा बन्यो ।
हेडलाइनभन्दा बढी पढ्ने पाठकलाई सलाम
एआईले विरामचिह्नदेखि शैलीसम्म ‘क्रिएटिभ लिबर्टी’ लिन थालेपछि ‘एम ड्यास (—) समेत बदनाम’ भएको छ भन्ने पत्रकारहरूको गुनासोलाई मिमले प्रतिनिधित्व गर्यो । सन्देश : एआईले लेख्ला, तर आवाज हामी नै जोगाउँछौँ ।
‘पोयन्टर’ ले पत्रकार समुदायप्रति ऐक्यबद्धता जनाउँदै नयाँ वर्षमा थप ‘मिमेबल’ क्षणहरू आउन सक्ने संकेत गरेको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै भनेको छ, 'हामी तपाईंलाई देख्छौँ, समर्थन गर्छौँ, र हाँसोमार्फत यो कठिन समय पार गर्न साथमा छौँ ।'
पत्रकारिता क्षेत्रका अगुवाहरूका अनुसार, हास्य अब पेसागत तनाव अभिव्यक्त गर्ने माध्यम मात्र होइन पाठक, दर्शक र डिजिटल समुदायसँग जोडिने प्रभावकारी भाषा पनि बनिसकेको छ । २०२६ थप चुनौतीपूर्ण भए पनि सत्यको पक्षमा पत्रकारिताको भूमिका अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।
