चीनको आर्थिक वृद्धि ५ प्रतिशत हाराहारीमा रहेको सीको दाबी 

‘हामीले चुनौतीबीच आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्य हासिल गरेका छौं,’सीले चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलनमा भने । उनले समग्र सामाजिक स्थायित्व र भ्रस्टाचार विरोधी उर्जा कायमै रहेको बताए ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Xi claims China's economic growth is around 5 percent

एजेन्सी — चिनियाँ राष्ट्रपति सी जिनफिङले सन् २०२५ मा  अपेक्षित ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा भएको बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

यसअघि सन् २०२४ मा चीनले ५ प्रतिशत वृद्धि हासिल गरेको थियो र यस वर्ष पनि त्यस्तै वृद्धि अपेक्षा गरिएको थियो । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन पछिल्ला वर्षहरुमा दबाबमा छ । कोभिड महामारीपछि उपभोक्ताको भावना पहिलेजस्तो नरहेकाले चिनियाँ अर्थतन्त्रको रफ्तार पहिलेजस्तो छैन । 

सम्पत्ति क्षेत्रमा देखिएको ऋण संकट, औद्योगिक उच्च क्षमता र अमेरिकासँगको बढ्दो व्यापार तनावले यसमा असर गरेको छ ।

‘हामीले चुनौतीबीच आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्य हासिल गरेका छौं,’सीले चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलनमा भने । उनले समग्र सामाजिक स्थायित्व र भ्रस्टाचार विरोधी उर्जा कायमै रहेको बताए । 

कान्तिपुर

Link copied successfully