बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

चार दशकभन्दा लामो समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले आफ्ना पतिको मृत्युपछि बीएनपीको नेतृत्व आफ्नो हातमा लिएकी थिइन् ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Former Bangladesh Prime Minister Khaleda Zia passes away

काठमाडौँ — बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् उनको निधन पुष्टि गरेको हो । 

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भयो ।’

पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए । खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन् ।

चार दशकभन्दा लामो समयदेखि उनी बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले आफ्ना पतिको मृत्युपछि बीएनपीको नेतृत्व आफ्नो हातमा लिएकी थिइन् ।

कान्तिपुर

Link copied successfully