कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार डिसेम्बर–७ मा लडाइँ सुरु भएयता थाईल्यान्डले कम्तिमा चार क्यासिनोहरूमा आक्रमण गरेको छ ।
एजेन्सी — थाइल्यान्डको सेनाले सीमाक्षेत्र पेइपेटस्थित क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको कम्बोडियाको रक्षा मन्त्रालयले बताएको छ ।
यस क्षेत्रमा दुई पक्षबीच विगत केही समयदेखि झडप चलिरहेको छ ।
थाइल्यान्डले हालसम्म आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । यस महिना दुई छिमेकीहरू बिचको नयाँ लडाइँले थाइल्यान्डमा कम्तिमा २१ र कम्बोडियामा १७ जनाको ज्यान जानुका साथै आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
उपनिवेशकालदेखिको सीमा विवाद र सीमा क्षेत्रको प्रचीन मन्दिरका भग्नावशेषमाथिको स्वामित्व विवादलाई दिएर दुई देश लडाइँमा उत्रिएका हुन् ।
कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार डिसेम्बर–७ मा लडाइँ सुरु भएयता थाईल्यान्डले कम्तिमा चार क्यासिनोहरूमा आक्रमण गरेको छ ।