श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार 'दितवा' चक्रवातले निम्त्याएको बाढी-पहिरोमा परेर कम्तिमा ६ सय ३० जनाको ज्यान गएको छ । त्यस्तै २ सय १० मानिस बेपत्ता छन् ।
काठमाडौँ — श्रीलङ्कामा विनासकारी चक्रवात 'दितवा' का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबार देखि पुनः सञ्चालनमा आएका छन् ।
शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा प्रभावित विद्यालय मध्ये नौ हजार ९२९ विद्यालय पुनः खोलिएको छ । उनका अनुसार चक्रवातले सबैभन्दा धेरै प्रभावित भएका उवा, मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा १ सय ४७ विद्यालय अझै खुल्न बाँकी नै छ ।
श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले यस शैक्षिक सत्रभर विद्यार्थीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्ने जनाएको छ । त्यस्तै परीक्षा तालिकामा पनि हेरफेर भएको छ ।
श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार 'दितवा' चक्रवातले निम्त्याएको बाढी-पहिरोमा परेर कम्तिमा ६ सय ३० जनाको ज्यान गएको छ । त्यस्तै २ सय १० मानिस बेपत्ता छन् ।
दितवाबाट ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति निम्तिएको अनुमान श्रीलंकाको इसेन्सियल सर्भिसेजका नवनियुक्त कमिस्नर जनरल प्रवात चन्द्रकेर्थीले बताएका छन् ।
युएनडीपीले स्याटेलाइट तस्बिरहरुका आधारमा गरेको विश्लेषणअनुसार १.१ मिलिनय हेक्टर जमिनमा बाढी छ । जो श्रीलंकाको कुल क्षेत्रफलको २० प्रतिशत हो ।
