भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ६० भन्दा बढी घाइते

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुख व्यक्त गर्दै मृतकको चिरशान्ति तथा घाइतेको शिघ्र स्वास्थ्यलामको कामना गरेका छन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Bus accident in India, four dead, over 60 injured

काठमाडौँ — उत्तरी भारतको मथुरास्थित यमुना एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोबीच सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

युमना एक्सप्रेस वेअन्तर्गत आग्रा- नोयडा खण्डमा बिहान ४ बजेर ३० मिनेट जाँदा दुर्घटना निम्तिएको हो । घटनामा ६० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा गाडीबाट ठुलो आगो निस्किएको देखिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुख व्यक्त गर्दै मृतकको चिरशान्ति तथा घाइतेको शिघ्र स्वास्थ्यलामको कामना गरेका छन् ।

मुख्यमन्त्री दित्यनाथले मृतक व्यक्तिको परिवारलाई प्रति परिवार २ लाख भारु दिइने घोषणा गरेका छन् । त्यस्तै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई २ लाख तथा घाइतेलाई ५० हजार भारु दिइने बताएका छन् ।

कान्तिपुर

Link copied successfully