डिसेम्बर १० मा अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर कब्जामा लिएको थियो । भेनेजुयलाले यसलाई उपनिवेशवादी सोच र डकौती भनेको छ ।
What you should know
एजेन्सी — प्रशान्त महासागरमा तैरिरहेका तीन डुङ्गामाथि लागुऔषध तस्करीमा संलग्न भएको आशंकामा अमेरिकी सेनाले आक्रमण गर्दा आठ जनाको मृत्यु भएको छ ।
अमेरिकी सेनाको दक्षिणी कमाण्डले सामाजिक सञ्जालमा आक्रमणका दृश्यहरू राखेको छ । ' ती डुंगाहरु लागुऔषध तस्करीका लागि चिनिएका मार्ग हुँदै यात्रा गरिरहेका थिए र तस्करीमा संलग्न थिए,' क्याप्शनमा भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्याङविरुद्धको अभियानअन्तर्गत सेनाले पछिल्ला केही महिनामा प्रशान्त र क्यारिबियन क्षेत्रमा २० भन्दा बढी जहाजहरूलाई निशाना बनाएको छ । त्यस क्रममा कम्तीमा ९० जनाको ज्यान गएको सेनाले जानकारी दिएको छ ।
विज्ञहरूले यस्ता आक्रमणले सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूको उल्लङ्घन गर्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकाले पहिलोपटक २ सेप्टेम्बरमा आक्रमण गरेको थियो । यस घटनाबारे छानविन हुनुपर्ने माग पनि विज्ञहरुले गर्दै आएका छन् । किनकी, यस समय पहिलो आक्रमणमा बाँचेकाहरुलाई दोस्रोपल्ट आक्रमण गरेर मारिएको थियो ।
बीबीसीसँगको कुराकानीमा कानुनविद्हरुले भेनेजुयाली डुंगामाथिको दोस्रो आक्रमण अवैध भएको धारणा राखेका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार यो गैरन्यायिक हत्या हुनसक्ने उनीहरुले बताएका छन् ।
इन्टरनेटनल क्रिमिनल कोर्टका एक पूर्व प्रमुख अभियोजकले अमेरिकी सैन्य अभियान शान्तिकालमा सर्वसाधारणमाथि गरिएको सुनियोजित प्रणालीगत आक्रमणको श्रेणीमा पर्नसक्ने बताए ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने लागुऔषध कारोबारीबाट आफ्नो देशका नागरिकलाई जोगाउन वैध ढंगले नै आक्रमण गरिएको दाबी गरेको छ । यसक्रममा सशस्त्र द्वन्द्वसम्बन्धी कानुन उल्लंघन नभएको उसको दाबी छ ।
भेनेजुयलाले आफ्नो देशमा ड्रग्स तस्करीका लागि सहयोग गरिरहेको अमेरिकाको आरोप छ । उसले भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई अन्तर्राष्ट्रिय जगत्मा एक्ल्याउने प्रयास गर्दै आएको छ । भेनेजुयलासँग आमने-सामने हुनेगरी ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ ।
डिसेम्बर १० मा अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर कब्जामा लिएको थियो । भेनेजुयलाले यसलाई उपनिवेशवादी सोच र डकौती भनेको छ ।
