४३ वर्षका अहमदले बोन्डाई तटमा आक्रमणकारीसँग बन्दूक खोसे, सर्वत्र प्रशंसा 

सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Ahmed, 43, snatches gun from attacker on Bondi Beach, gets widespread praise

काठमाडौँ — अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । 

उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । 

अहमद फलफूल पसले हुन् । उनका दुई छोराछोरी छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीज, अमेरिकाको न्युयोर्क शहरका मेयर जोहरन मम्दानीलगायत नेताहरुले उनको प्रशंसा गरेका छन् । 

आइतबार राति भएको गोली प्रहारको घटनामा मर्नेको संख्या १६ पुगेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully