मेसीलाई हेर्न नपाएपछि कोलकत्तामा समर्थक आक्रोशित

प्रमुख आयोजक सताद्रु दत्तालाई पक्राउ गरिएको पश्चिम बंगला प्रहरीका महानिरीक्षक राजीब कुमारले बताए

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Fans in Kolkata angry after not being able to see Messi

काठमाडौँ — कोलकत्तामा फुटबल स्टार लियोनल मेस्सीलाई मेस्सीलाई हेर्नका लागि जम्मा भएको भीड उनलाई देख्न नपाउँदा आक्रोशित भएको छ ।  भीडले रंगशालामा बोत्तल हानेर आफ्नो आक्रोश पोख्यो ।

मेस्सी आउने भएपछि उनलाई हेर्नका लागि धेरै समर्थकले टिकट आएका थिए । तर, टिकट काटेकाहरुले घण्टौंसम्म प्रतिक्षा गर्दा पनि मेस्सीलाई हेर्न नपाएको प्रतिक्रया टाइम्स अफ इन्डियालाई दिएका छन् ।

‘न हामीले उनलाई प्रत्यक्ष देख्न सक्यौं । न त, टेलिभिजन स्क्रिनमै देख्यौं,’ टाइम्स अफ इन्डियाले समर्थकहरुलाई उदृत गर्दै लेखेको छ ।

प्रमुख आयोजक सताद्रु दत्तालाई पक्राउ गरिएको पश्चिम बंगला प्रहरीका महानिरीक्षक राजीब कुमारले बताए । ‘हामीले मुख्य आयोजकलाई पक्राउ गरिसकेका छन् । यस्तो खराब व्यवस्थापन फेरि नदोहोरियोस्, त्यसैले हामी कारबाही गर्न चाहन्छौं ।’

यस घटनामा देखिएको खराब व्यवस्थापनका लागि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मेस्सीसँग माफी मागेकी छिन् । ‘आज साल्ट लेक रंगशालामा जे–जस्तो खराब व्यवस्थापन देखियो । त्यसले मलाई दुख लागेको छ ,’ उनले भनेकी छिन् । उनले टिकट काटेर मेस्सीलाई भेट्न नपाएका समर्थक र मेस्सीसँग माफी समेत मागेकी छिन् ।

मेस्सी आफ्नो तीन दिने भारत भ्रमणमा छन् । हैदरावाद र मुम्बई घुमेपछि सोमबार दिल्लीमा आएर उनको भ्रमण टुंगिनेछ ।

लुईज सुआरेज र रोड्रिगो डि पाउल पनि यस भ्रमणमा उनीसँगै छन् । शनिबारै मेस्सीले कोलकत्तामा २१ मिटर ठूलो आफ्नो शालिक अनावरण गरेका थिए । 

कान्तिपुर

Link copied successfully