सिड्नीको बोन्डी बिचमा गोली चल्दा ११ जनाको मृत्यु [अपडेट]

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

मंसिर २८, २०८२

सिन्ह्वा

11 dead in shooting at Sydney's Bondi Beach [Update]

काठमाडौँ — सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। 

यहुदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहुदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए ।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ। 

अस्ट्रेलियाको यहुदी संघका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्णरूपमा पूर्वानुमानित’ भएको बताएका छन् । 

'अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,' फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उदृत गरी लेखेको छ ।  

सिन्ह्वा

Link copied successfully