भेनेजुएला सरकारले यसमा कडा प्रतिक्रिया दिँदै अमेरिकाविरुद्ध चोरी र अन्तर्राष्ट्रिय समुद्री लुटको आरोप लगाएको छ ।
काठमाडौँ — दक्षिण अमेरिकी देश भेनेजुएलामा तनाव फेरि बढेको छ । अमेरिकाले बुधबार भेनेजुएलाको टस नजिक एक आयल ट्यांकरलाई जफत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा पत्रकारहरुसँग भने, ‘हामीले अहिले भेनेजुएलाको तटमा एक ट्यांकर जफत गरेका छौं । यो निकै ठूलो कदम हो । वास्तवमा अहिलेसम्मको जफत गरिएकामध्ये ठूलो ट्यांकर हो ।’
अमेरिकी अटर्नी जनरल प्याम बन्डीले यो ट्यांक कैयौं वर्षदेखि प्रतिबन्धित रेको बताएका छन् । यसको सम्बन्ध विदेशी आतंकवादी संगठनहरुको समर्थन गर्ने अवैध तेल शिपिङ नेटवर्कमा जोडिएकाले जफत गरिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक क्लिप साझा गरेका छन् । जसमा अमेरिकी सैनिक हेलिकप्टरमार्फत ट्यांकरमा उत्रिरहेका देखिन्छन् । भेनेजुएला सरकारले यसमा कडा प्रतिक्रिया दिँदै अमेरिकाविरुद्ध चोरी र अन्तर्राष्ट्रिय समुद्री लुटको आरोप लगाएको छ ।
अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई हटाउने कोशिस अन्तर्गत अनेक रुपमा आक्रमणहरु गरिरहेको भेनेजुएला सरकारको आरोप छ । अमेरिकाले हालैका सातामा यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । यस अप्रेशनलाई अमेरिकाले लागुपदार्थ तस्करीविरुद्धको अभियान बताउँदै बएको छ ।
