ट्रम्पले लञ्च गरे ‘गोल्ड कार्ड’ इमिग्रेशन भिसा, कति रकम लाग्छ?

आधिकारिक वेबसाइटका अनुसार यो यस्तो अमेरिकी भिसा हो, जो त्यस्ता व्यक्तिहरुलाई दिइनेछ, जसले अमेरिकालाई महत्त्वपूर्ण लाभ पुर्‍याउन सक्ने प्रमाणित गर्नेछन् ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Trump launches 'Gold Card' immigration visa, how much does it cost?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ इमिग्रेशन भिसा लञ्च गरेका छन् ।

जसका लागि कम्तिमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाको भिसा दिइनेछ । 

बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, ‘यो कार्ड खरिदकर्ता सबै योग्य र सत्यापित मानिसका लागि नागरिकको सिधा बाटो खुल्नेछ । निकै रोमाञ्चक! हाम्रा महान अमेरिकी कम्पनी अब आफ्नो अमूल्य क्षमता देखाउन सक्नेछन् ।’

यसै वर्षको सुरुआतमा ट्रम्पले गोल्ड कार्डको घोषणा गरेका थिए । आधिकारिक वेबसाइटका अनुसार यो यस्तो अमेरिकी भिसा हो, जो त्यस्ता व्यक्तिहरुलाई दिइनेछ, जसले अमेरिकालाई महत्त्वपूर्ण लाभ पुर्‍याउन सक्ने प्रमाणित गर्नेछन् । 

कान्तिपुर

Link copied successfully