म्यान्मारमा सेनाले अस्पतालमा हवाई हमला गर्दा कम्तिमा ३४ को मृत्यु

हमलाकाे समय बिरामीको चाप उच्च रहेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

At least 34 killed in Myanmar army airstrike on hospital

एजेन्सी — म्यान्मारको सेनाले अस्पतालमा हवाई हमला गर्दा कम्तिमा ३४ को मृत्यु भएको छ । त्यस्तै,  ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् ।

म्यान्मारको सेनाले अस्पतालमा हवाई हमला गर्दा कम्तिमा ३४ को मृत्यु भएको छ । त्यस्तै,  ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । राखिन प्रान्तस्थित म्राउक बस्तीमा रहेको अस्पतालमा सेनाले हमला गरेको हो । 

हमलाकाे समय बिरामीको चाप उच्च रहेको अस्पतालका कर्मचारीहरुले बताएका छन् । 

म्राउक बस्ती आदिवासी विद्रोही समुह अराकानको कब्जामा छ । जसलाई राष्ट्रिय सेनाले दुश्मन मान्छ । सेना र विद्रोहीबीचको झडपमा परेर यहाँ हजारौंको निधन भइसकेको छ ।

त्यस्तै युद्धबाट बच्नका लागि दशौं लाख मानिस घर छाडेर हिंडेका छन् । सेनाले सन् २०२१ मा सत्ता हातमा लिएयता म्यान्मार  गृहयुद्धको चपेटामा छ । 

पछिल्ला महिनामा आदिवासी सैन्य दस्ताबाट भूभाग फिर्ता गर्नका लागि सेनाले हवाई हमला तिव्र बनाइरहेको छ ।

सेनाले यस विषयमा केही प्रतिक्रिया दिएको छैन । विद्रोही पक्ष अराकन आर्मीका प्रवक्ता खाइङ थुक्हाले मृतकमध्ये अधिकांश अस्पतालका बिरामी रहेको बताए ।

म्यान्मारमा सेनलो सत्ता हातमा लिएयता पहिलोपटक २८ डिसेम्बरमा पहिलो चरण, ११ जनवरी दोस्रो र २५ जनवरी तेस्रो चरणको निर्वाचन हुँदैछ ।

स्वतन्त्र विश्लेषकहरुले सैनिक सत्तो आफ्नो वैधानिकताका लागि देखावटी चुनाव गर्न लागेको आरोप लगाएका छन् ।

कान्तिपुर

Link copied successfully